कृषकबाट एक लाख क्विन्टल चामल किन्दै खाद्य कम्पनी

कृषि पोष्ट संवाददाता

काठमाडौं।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक लाख क्वीन्टल चामल किन्ने भएको छ।

कम्पनीले उपभोक्तालाई बिक्री वितरण गर्नका लागि यही जेठ महीनादेखि चामल खरिद प्रक्रिया अगाडी बढाउने तयारी गरेको हो।

त्यसका लागि कम्पनीले बोलपत्र आह्वान गरिसकेको छ।

विभिन्न जिल्लाका कृषकहरूसँग चामल खरिद गरिनेछ। कम्पनीले सबै प्रदेशहरूबाट सोना मन्सुली, स्टीम जिरा मसिनो र अरुवा मोटा चामल किन्ने जानकारी दिएको छ।

हाल खाद्य कम्पनीसँग एक लाख ६६ हजार क्विन्टल चामल मौज्दात रहेको कम्पनीकी प्रवक्ता सर्मिला न्यौपानेले बताइन्।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏