दाङ, ७ असार ।
तुलसीपुर १६ फचकलुवामा ३ युवा मिलेर करोड बढी लगानीमा बाख्रापालन व्यवसाय सुरु गरेका छन्। डिके एग्रो प्रालि फर्म दर्ता गरी खगेन्द्र राना, दीपेन्द्र वली र लोकेन्द्र रानाले बोयर जातका बाख्रापालन थालेका हुन्। उनीहरूले करिब डेढ करोड लगानीमा १ वर्षदेखि बोयर जातका बाख्रापालन गर्दै आएका हुन्। अहिले फर्ममा ५० देखि १ सय प्रतिशतका ३५ वटा बोयर जात बाख्रा रहेका संचालक खगेन्द्र रानाले बताए।
उनीहरूले आफ्नो १ बिघा जमिन र अरू ६ बिघा भाडामा लिएका छन्। लकडाउनका कारण अरू बाख्रा ल्याउन नसकिएको र लकडाउनपछि करिब २ सय बाख्रा थप्नेसमेत उनले बताए। चितवनको बोयर जात बाख्रा पालनमा ब्यवसाय हेर्दा आफूहरू ऊर्जा मिलेको उनीहरुको भनाइ छ। कम लगानी वा सामूहिक व्यवसाय गर्न सकिने भएकाले थालेको रानाले बताए। भौतिक संरचनादेखि बाख्रा किन्दासम्म करिब डेढ करोड लगानी भएको उनले जानकारी दिए। बाख्राका मूल्य प्रतिशतका आधारमा हुने समेत रानाले बताए।
७५ प्रतिशत बोयर जातलाई जिउँदो प्रतिकिलो २५ सय परेको रानाले बताए। त्यसैगरी यो जातको बाख्रा वर्ष दिनसम्म १ सय २० देखि ५० किलो सम्मको हुने र प्रत्येक दिन कम्तीमा २ सयदेखि ३ सय ग्राम मासु बढ्ने उनले दाबी गरे। बाख्रापालन मात्र नभई फलफूल खेती, कुखुरापालन र बाख्राको दूधबाट उत्पादन हुने पाउडर बनाउने योजनामा आफूहरू रहेको अर्का युवा वलीले बताए। संचालक वलीले नेपालमा कुनै पनि व्यवसाय गर्दा केही मात्रामा अवसर भए पनि चुनौती पनि त्यति नै रहेको बताए। थाहा खबर
तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏