परीक्षण सफल भएपछि तराईमा स्याउको व्यावसायिक खेती शुरु

कृषि पोष्ट संवाददाता

नेपालमा फल्ने स्याउ मुख्य रुपमा हिमाली भेगमा खेती गरिन्छ । नेपालमा आठ प्रकारका स्याउका जातको व्यवसाहिक उत्पादन हुन्छ । ती सबैको हिमाली तथा उच्च हिमाली क्षेत्रमा मात्रै खेती हुँदै आएको छ । तर, रुपन्देहीका एक व्यापारीले तराईमा फल्ने स्याउको व्यावसायिक खेती शुरु गरेका छन् । दुई वर्षदेखि गरेको परीक्षणमा सफल भएपछि उनले बिरुवा विस्तार गर्न थालेका हुन् ।१८ महिनाअघि स्याउका बेर्ना लगाउादा भैरहवाका आशा गुरुङ्ग उत्पादन हुनेमा भने ढुक्क थिएनन् किनभने उनलाई स्याउ खेतीबारे सामान्य जानकारी पनि थिएन् । साथीहरुबाट गर्मीमा स्याउ फल्ने जात हुने थाहा पाएपछि उनलाई पनि रहर जाग्यो । लगत्तै ६ बिघा जग्गा भाडामा लिए र अष्ट्रेलियाबाट नानो जातको स्याउका पााच सय बिरुवा मगाए । अझै बोट परिपक्क नभएकाले यो वर्ष थोरै मात्र उत्पादन भयो । आगामी वर्षदेखि राम्रो उत्पादन हुनेमा उनी विश्वस्त छन् । न्ाानो जातको स्याउ मात्र होइन इजरायलमा खेती हुने अन्ना प्रजातिको स्याउका बिरुवा पनि बिस्तार गर्ने शुरुमा उनी छन् । र्फममा स्याउबाहेक डुरेन, ड्रागनप| सलिफा, आप, अम्बा, चेरी लगायत विदेशबाट आयातित फलफुल तथा तरकारीको खेती भइरहेको छ । र्फम बिस्तारमा उनले दुई करोड ५० हजार खर्च गरिसकेका छन् । योसागै फलफुलका उन्नत प्रविधि प्रयोग गरेर पनि उनले बिरुवा उत्पादन गरिरहेका छन् । न्ोपालमा चिसो मौसममा हुने आठ प्रकारका स्याउको खेती हुन्छ । सरकारले त्यहीअनुसार ती जातलाई मात्र सूचीकृत गरेको छ । तर विदेशमा गर्मी मौसममा हुने स्याउको नयाा उन्नत प्रविधिबाट विकास गरिएको छ, नेपालमा के त्यस्तो असम्भव हो त ?

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको स्थापना भएको २९ वर्ष पुगेको छ । त्यसयता वैज्ञानिकले कृषि क्षेत्रमा अनुसन्धान गरिरहेका छन् । तर नेपालमा हिमाली भेगमा बाहेक पहाड र तराईमा हुने स्याउको जातको अहिलेसम्म विकास भएको छैन । तराईमा स्याउ खेती थालेका यी किसानले बिरुवा बनाएर समेत बेच्ने तयारी थालेका छन् । कृषि वैज्ञानिक र प्राविधिकले तराईमा स्याउ फल्नै नसक्ने तर्क गरेका भए पनि किसानले भने तराईमा स्याउ खेती गरिरहेका छन् । यस्तो अवस्थामा नार्कले विदेशबाट आयातित विभिन्न प्रजातिका स्याउको पनि अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यक देखिएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏