नासपातीका गुदीभन्दा बोक्रा फाइदाजनक

कृषि पोष्ट संवाददाता

काठमाडौ ।

नासपाती स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसहरुले गरेका हुन्छन् । नासपति रुखमा फल्ने फल हो । यसको स्वाद अमिलो अथवा गुलियो हुने गर्दछ । नासपाती गर्मीको समयमा फल्ने एक यस्तो फल हो जुन स्वाद र सन्तुष्टिका साथ साथै स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको छ।

यसमा रहेको भिटामिन , मिनरल्स ,तथा अन्य पोषक तत्वले शरीरमा रगतको मात्रा बढाउनका साथै हाडजोर्नी मजबुत बनाउनमा समेत मदत गर्दछ। यसको सेवन गर्दा हाम्रो शरीरलाई विभिन्न किसिमका फाइदा हुन्छन् ।नासपातीमा पाइने आइरनले रगतमा हेमोग्लोबिनको मात्रा बढाउनमा मदत गर्छ। एनेमिया जस्ता रोगका शिकार भएकाहरुका लागि हरेक दिन नासपातीको सेवनलाई प्रभावकारी मानिन्छ।

नासपातीमा पाइने बेरोन नामक तत्वले हाडजोर्नी मजबुत पर्न सहयोग गर्छ। साथै हरेक दिन नासपाती खानाले माम्सपेशी सम्बन्धी बिभिन समस्याहरुबाट छुटकारा पाउन सकिन्छ।मधुमेह रोगीलाई गुलियो बस्तुहरुको सेवन गर्नमा रोक लगाईएको हुन्छ तर पनि नासपाती खानमा गुलियो हुनका साथै यसले मधुमेह रोगीलाई कुनै असर नगर्ने बताईएको छ।

नासपातीमा फाइबरको मात्रा प्रसस्त पाइन्छ। जसले कोलेस्टोरेलको मात्रा नियन्त्रण गर्नुका साथै मुटु सम्बन्धि समस्याबाट बचाउछ। यसका अलावा यसले अथेरोस्क्लेरोसिस,हृदयघात र पक्षघात जस्ता समस्या हुने सम्भावना समेत कम हुन्छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏