नेपालगन्ज, २५ असार ।
बाँकेको जानकी गाउँपालिकामा रहेको स्मार्ट कृषि गाउँ साई गाउँ शिवपुरीका किसानहरुलाई उन्नत बाख्रा वितरण गरिएको छ । प्रदेश नम्बर ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गत स्मार्ट कृषि गाउँ कार्यक्रम सन्चालन भैरहेको शिवपुरीमा कृषि गाउँका सदस्य किसानहरुलाई १÷१ वटा उन्नत जातका बाख्रा वितरण गरिएको हो ।
स्मार्ट कृषि गाउँ कार्यक्रम सन्चालन समितिका संयोजक इन्द्र बहादुर थापाले भारतबाट आउने खसिलाई रोक्न र देशको मागलाई पुर्ति गर्न स्मार्ट गाउँका किसानले बाख्रा पालिरहेको बताउनुभयो । बाख्रा पालनका लागी खोर निर्माण, विभिन्न जातका घाँस लगाउने काम पनि भएको संयोजक थापाले बताउनुभयो । ५४ जना किसान उक्त स्मार्ट कृषि गाउँमा आवद्ध गराइएको छ ।
बाँकेमा ३ वटा स्मार्ट कृषि गाउँ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले हेर्ने गरी सन्चालनमा रहेका छन । बाँकेको जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा स्मार्ट कृषि गाउँ कार्यक्रम चलिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।
स्मार्ट कृषि गाउँले हरेक वर्ष ६० लाख बराबरको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानिय तहको सहयोगमा लगानि गरिरहेको छ ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏