नेपाल कृषि अनुसन्धान परिषद् (NARC) अन्तर्गत बाह्य अनुसन्धान महाशाखा, खुमलटार, ललितपुरले व्यावसायिक तरकारी खेतीसम्बन्धी १० दिने आवासीय तालिम सञ्चालन गर्ने भएको छ। येही मिति २०७५/०७/१४ मा प्रकाशित भएको यस सूचनामा इछ्युक कृषकहरूको निवेदनको अनुरोध गरिएको छ।
कसले निवेदन दिन सक्छन्?
इछ्युक उद्यमी कृषकहरूले निवेदन दिन सक्नेछन्।
निवेदन कहाँ पेस गर्ने?
नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत बाह्य अनुसन्धान महाशाखा, खुमलटार, ललितपुरमा निवेदन पेस गर्न सकिन्छ साथै महाशाखाको इमेल ठेगाना [email protected] मा पनि पठाउन सकिन्छ।
निवेदनमा के के संलग्न हुनुपर्छ?
किसानको नाम, ठेगाना, उमेर, लिङ्ग, शैक्षिक योग्यता
कृषि फर्म दर्ता गरेको भए फर्मको नाम र दर्ता नम्बर र फर्म दर्ता गरेको निकाय
यी सबै कुराहरु निवेदनमा संलग्न गरि सम्बन्धित स्थानीय निकाएको प्रमुख वा वडाध्यक्षबाट सिफारिस गराउनुपर्ने हुन्छ।
निवेदन बुझाउने अन्तिम मिति कहिले हो?
यो सूचना प्रकाशित भएको १५ दिन भित्रमा निवेदन पेस गरिसक्नु पर्छ। यो सूचना २०७५/०७/१४ गते प्रकाशित भएको हो। त्यस कारण २०७५/०७/२९ गते सम्ममा निवेदन पेस गरिसक्नु पर्छ।
सूचना जस्ताको त्यस्तै:
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
इमेल: www.narc.gov.np
फोन: ०१५५४०८१७
तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏