खेत जोत्दै गर्दा भेटीए सलमान खान, फिल्मको काम नहुँदा यसरी खेतमा बिताउँदैछन् समय

कृषि पोष्ट संवाददाता

काठमाडौं, ६ असार ।

बलिउड अभिनेता सलमान खानले करोडौँ रकमको आलिसान गाडी चलाएको हामी सबैले देखेका छौँ । तर सलमान खान आँफै खेतमा गएर ट्याक्टर चलाएको एउटा भिडियो अहिले भाइरल बनिरहेको छ ।

लकडाउनका कारण फिल्मका कामहरु नभएको मौका छोपी सलमानले अहिले आफ्नै फार्महाउसमा समय बिताइरहेका बेला आँफैले जोतीरहेका छन् ।

सलमान स्वयमले फार्महाउसमा समय बिताइरहेका तस्बिर र भिडियो सामाजिक सञ्जाल इन्टाग्राममा शेयर गरेसँगै अहिले भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । यसअघि सलमानसँग ज्याकलिन उनको फार्म हाउसमा समय बिताएकी थिइन् ।

बेसार को महत्व युरोप मा पनि बढ्यो !

हाम्रो भान्सामा तरकारीमा प्रयोग गरिने बेसार औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यदि घाँटी दुखेको छ वा शरीर ज्वरो आएको छ भने नेपाल र भारतमा दूधमा घोलेर बेसारको प्रयोग गर्ने चलन छ। धेरै भारतीय यसलाई एक तरल रामबाण मान्दछन ।अझ कोरोनाविरुद्ध शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन बेसारले अचुक भूमिका खेल्छ भन्ने पुष्टि समेत भइसकेको छ । पश्चिमी देशहरूले पछिल्लो समयमा बेसारको महत्व पत्ता लगाए र यसलाई एक सुपरफुडु बनाउनमा ढिलाइ गरेनन् । तिनीहरूले चिया र कफीमा बेसारको ताजा गठ्ठा मिसाएर प्रयोग गर्दै आएका छन् । उनीहरुले सर्वत बनाउन सुरू गरे र तुरुन्त फाइदाको लागि बेसारको एक गाढा पेय तयार पार्न थाले । जस्ले कोरोनाविरुद्ध लड्न पनि उनीहरुलाई शरीरमा छुट्टै स्फुर्ति प्रदान गरेको महसुस पनि गर्न थाले ।
केही समय अगाडि लण्डनको एक कफी सपमा गोल्डेन मिल्क भन्ने मेनुमा एक प्रकार पनि थपियो, जुन एकदमै महंगो थियो । त्यसमा कोलो मरिज, दूध, बेसार आदि मिलाएर बनाइएको थियो । यो कफी सपका सञ्चालक एक भारतीय नागरिक थिए । धेरैले त्यो कफी महंगो भनेर नखाएको बताइएको छ । तर त्यो बसार देख्ने बितिकै भारतका हजारौं हजुर आमाको र आफ्नो आमाले विरामी हुँदा बेसार दूध खुवाएको याद आएकाहरु पनि यही कफीमा झुम्मिए ।
बेसारलाई आयुवेर्दिक औषधिकोरुपमा विश्व विज्ञानले स्वीकार गरिसकेको छ । शरीर दुख्न कम गर्नका लागि बेसार प्रयोग महत्वपूर्ण मानिन्छ । अझ कोरोना भाइरसविरुद्ध शरीरमा ‘इम्युनिष्टी पावर’ रोगप्रतिरोधी क्षमता बढाउन बेसार महत्वपूर्ण भूमिका खेल्न थालेपछि युरोपको धेरै घरका भान्साहरुमा यस्को प्रयोग अनिवार्य बन्दै गएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏