काठमाडौँ ।
स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ ।
स्याउ चिसो हावापानि भएको स्थानमा पाईने फल हो ।
सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ । नेपालको कर्णाली अंचलमा विशेष गरि जुम्ला जिल्लामा प्रशस्त मात्रामा स्याउ पाइन्छ । स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन्।
स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।
यी हुन् स्याउ खाँदा हुने फाइदाः
१. हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई उही मात्रामा रोक्न सकिन्छ । साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ ।
२. दिनहुँ स्याउ सेवन गर्नाले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ भने सुगर नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत राख्न पनि सघाउ पुयाउँछ ।
३. ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ ।स्याउको सेवनले पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत गर्छ ।
४. पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या विस्तारै कम हुँदै जान्छ । स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ र पायल्स हुनबाट बचाउँछ ।
५. मिर्गौलामा हुने पत्थरीबाट बच्न दिनहुँ स्याउको सेवन उपयोगी हुन्छ । पत्थरीका बिरामीले खाएमा दुखाइबाट आराम मिल्छ ।
६. स्याउको नियमित सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्नुका साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।
७.स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।
८. स्याउको सेवनले अनुहारमा रहेका काला र सेता धब्बालाई कम गर्छ जसले तपाईको अनुहारमा चमक ल्याईदिन्छ
९. स्याउले शरीरमा रहेको नियन्त्रण गरी पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ ।स्याउको सेवनले मोटोपनबाट हुने हृदयाघात, मधुमेह र मुटुरोगजस्ता समस्या हुने सम्भावना कम हुन्छ ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏