मुटुरोग र क्यान्सरबाट बच्न सेवन गर्नुहोस् गोलभेडा

कृषि पोष्ट संवाददाता

काठमाडौं –

हाम्रो भान्सामा प्रयोग भइरहेने चिज हो गोलभेडा । तरकारी होस् या अन्य परिकार मिठो बनाउन गोलभेडाको प्रयोग गर्ने गरिन्छ । सामान्य लाग्ने गोलभेडाले हाम्रो स्वास्थयलाई धेरै नै फाइदा गर्छ ।

यसमा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन लगायतका तत्वहरु पाइन्छ । यसको सेवनले मुटुरोग लाग्ने सम्भावना धेरै नै कम हुन्छ ।

यसको सेवनले मिर्गौला र पित्तथैलीमा हुनसक्ने पत्थरीबाट बचाउछ । यसमा पाइने क्याल्सियम र एन्टी अक्सीडेन्टले हड्डी बलियो बनाउने काम गर्छ । यसले रगत जम्नबाट पनि जोगाउछ । यसको सेवनले क्यान्सरको सम्भावना कम हुन्छ । यसले पाचनशक्ति बढाउन सहयोग गर्छ ।

यसमा पाइने भिटामिन के को कारणले कपाल बलियो र चमकदार बनाउछ । साथै यसको सेवनले कपाल झर्ने समस्या पनि कम गर्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏