काठमाडौं, २५ साउन ।
कुखुराको मासुको मुल्य घट्ने भएको छ । लकडाउका कारणले मंगिएको मासु लकडाउन खुकुलो भए संगै घट्न लागेको हो । लकडाउनका कारण आपूर्तिमा समस्या हुँदा ४ सयको हाराहारीमा पुगेको मुल्य घटेर ३३० रुपैयाँ पुग्ने भएको छ ।
शुक्रबारदेखि लागू हुने गरी कुखुराको मासुको मूल्य घटेको पोल्ट्री संघले जनाएको छ । संघले शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । संघका अनुसार कुखुराको मासु प्रतिकेजी ३ सय ३० रुपैयाँ तोेकिएको छ ।
विपन्न २० परिवारलाई बाख्रा हस्तान्तरण : मन्त्री शैलेन्द्र प्रसाद साह
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्वर २ महुवाका अति विपन्न परिवारलाई आर्यआर्जनकालागि विहीबार बाख्रा वितरण गरिएको छ ।
पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामको सहयोगमा उपलब्ध गराईएको २० परिवारलाई दुई दुई थान बाख्रा तथा खोरव्यवस्थापनकालागि जस्ता पाता उपलब्ध गराईएको हो । प्रदेश २ भूमी व्यवस्था कृषि तथा सहकार मन्त्री शैलेन्द्र प्रसाद साहले त्यहाँका विपन्न परिवारलाई बाख्रा हस्तान्तरण गर्दै सही सदुपयोग गरेर लाभ लिन आग्रह गरे ।
प्रदेश २ को समृद्धीको मूल आधार कृषि नै भएकोले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको जानकारी दिँदै उनले भने ‘कृषीलाई आधुनिकीकरण गर्दै सिंचाई, बीऊबिजन तथा मलखादका साथै बजारीकरणसम्मको व्यवस्थापन गर्न हामी अगाडि बढेका छौं ।’ निर्वाहमुखी खेतीलाई निरुत्साहित गर्दै व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्न मन्त्रालयले कृषक लक्षित विभिन्न कार्यक्रम ल्याएको मन्त्री साहले बताए ।
छिन्नमस्ता विकास कृषक समूहको समन्वयमा आयोजित बाख्रा हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रविक्रम साह, जनता समाजवादी पार्टीका जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, जिल्ला सचिव चितरन्जन यादव लगायतले मन्तव्य व्यक्त गरे । कृषक समूहका अध्यक्ष विनोद कुमार साफीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन युवा नेता विद्यानन्द चौधरीले गरे ।
सोही क्रममा मन्त्री साहले विभिन्न योजनाहरुको निरीक्षण समेत गरेका छन् ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏