डडेल्धुरा, ४ भदौ ।
बैतडी जिल्लाको ढुङ्गाडमा जन्मुभएका अहिलेको धनगढी उपमहानगरपालिका वडा नं. २ स्थायी घर भएका लामो समय देखि कृषि पेशामा लाग्नु भएका प्रिन्स राज अवस्थी एक कृषि उद्यमीको रुपमा परिचत हुनु हुन्छ ।
विदेशमा ५ बर्षको बसाई पछि स्वदेश फर्केर केहि नेपालमा नै गर्नु पर्छ भन्ने सोचका साथ कृषि पेशालाई व्यवसायिकरुपमा अगाडी बढाउदै ४० रौपनी जमिन भाडामा लिएर २० वटा पोलिहाउस निर्माण गरि तरकारी खेतिमा पछिल्लो समय आय आर्जनमा राम्रो प्रगति गर्न सफल हुने मध्येका यिनी पनि एक हुन ।
कृषि क्षेत्रमा लाग्नु भएका अवस्थीले १० बर्ष पहिला ४ लाख ७० हजार लगानी गरेर काठमाण्डौबाट सुरुवात गरेको तरिकारी खेतीमा प्रेरित हुदै विगत ३ बर्ष देखि अमरगढी १ मौरोडा, डडेल्धुरामा पनि तरकारी खेति गर्दै आइरहेको परिप्रेक्ष्यमा लागत रकम कट्टी गरि शुद्ध बार्षिक २० लाख सम्म आम्दानी संगै अन्य तीन जनालाई रोजगार समेत दिएर यो पेशाबाट आफु सन्तुष्ट रहेका बताउछन कृषक अवस्थी ।
अहिलेको समय अनुकुल कृषि व्यवसायलाई आधुनिकीकरण गर्दै तरकारी खेतिमा लामो समयको अनुभव र लगनशिलताले अहिले सफल कृषकको रुपमा स्थापित हुन पुगेको उनी बताउछन ।
‘आफुले नजानेको काममा समय दिनु भन्दा आफुले जानेको काममा समय दिनु उपयुक्त हुन्छ’ उनी भन्छन यदि कुनै पनि कृषि क्षेत्रमा लाग्ने मान्छे स्वयम आफै सक्षम भएर यो पेशालाई अंगाल्ने हो भने राम्रो उन्नति प्रगति गर्न सक्दछन , तर विडम्बना हाम्रो समाजमा कुनै पनि पेशा व्यवसाय सम्वन्धित ज्ञान , सीप र अध्ययन विना देखासिकिको आधारमा काम गर्ने परम्पराले कृषि व्यवसायमा असफल भएर खिनन्ताबोध गर्ने चलन कायमै रहेको छ ।
‘मैले जमिनका लागि सहजपुर देखि यता खोजि गर्दै आएको थिए र बल्ल यहाँ तरकारी खेतिका लागि उपयुक्त जमिन भेटिएको हो ।
खेति योग्य जमिनमा घर घेरेडीहरु निर्माण हुदै गर्दा पछिल्लो समय कृर्षि गर्ने कृषकहरुका लागि निकै नै चुनौतिको विषय बनेको छ । यो लहर पहाडी जिल्लाहरुमा पनि लागु हुन थालेको छ ।
मध्यपहाडी भागहरुमा बेमोसमी तरकारी खेतिका लागि उपयुक्त नै हुन्छ तर उनले भने वातावरण र तापक्रम अनुसार कुन ठाँउमा के उत्पादन हुन्छ भन्ने कुरालाई प्राविधिक अध्ययन, माटो परीक्षण मुख्य कुरा हो ।
नेपालमा विभिन्न प्रविधिहरु भित्रैदै गर्दा कृर्षि क्षेत्रमा जति कृषिले मान्यता पाउनु पर्ने हो त्यो किसिमको उपलव्धी हासिल गर्न सकेको अवस्था छैन । नेपाल सरकारले नीति नियम निर्माण गराएता पनि ती कुराहरु कार्यान्वयनमा ल्याउन नसकेको अवस्था छ ।
यहाँको भौगोलिक विकता, प्रयाप्तमात्रामा अध्ययन अनुगमन गर्नका लागि प्राविधिकको समस्या, कृर्षकले उत्पादन गरेको तरकारीको बजारीकरणको व्यवस्था नहुनु ,ढुवानीमा समस्या, प्रत्यक्षरुपमा किसानबाट राज्यपक्षले खरिद नगरि बीचका बिचौलीयाहरुले खरिद गर्ने तरकारीमा किसानहरुले बाजरमुल्य नपाउनु यो क्षेत्रका मुख्य समस्या रहेका छन ।
उनी भन्छन , अन्य विकसित राष्ट्रको तुलनामा हाम्रो नेपालको किसानको संख्या बढाएर हुदैन, घटनु पर्छ तर कृर्षिको क्षेत्र विस्तार हुनुपर्छ ,तरकारी खेतिगर्नका लागि अहिले ३० प्रतिशत जति लगानी लाग्द छ तर अन्य ७० प्रतिशत जति फाईदा नै हुन्छ उनको भनाई छ ।
मौसमी तथा बेमौसमी तरकारी लगाएर यहाँका नमुना किसानका रूपमा उनी परिचित हँुदैछन । केही समाजमा उदाहरणीय काम गर्नुपर्छ भनेर तरकारी खेती अँगालेको समेत अवस्थीले बताए । उनले भने गाउँका मान्छेहरू कामकाज छैन रोजगारी छैन भनेर भौँतारिरहेका मान्छेहरुका लागि पाठ सिकाउन व्यावसायिक तरकारी खेतीमा आवद्धता ल देखाउदै अगाडि बढेको छु । उनले अहिले २० वटा टनेलमा बेमौसमी गोलभेँडा (टमाटर) फलाएका छन ।
उनको बारीमा गोलभेँडा ,मिसल्ला ,भन्टा, सिमी, बेरना उत्पादन, मुला, प्रशस्त फलेको देख्दा उनको मेहनत एकदमै प्रंशसनीय रहेको छ । अर्झै नमुना किसान भएर काम गर्ने योजना भएको उनले बताए ।
उहाँ संग गरिएको कुराकानी भिडियो
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏