भक्तपुर , १४ भदौ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ का आकाश बाडेले पछिल्लो ३ वर्षदेखि व्यवसायिक रुपमा रातो च्याउको खेती गर्दै आएका छन् ।
उनले लगाएको यो च्याउको मूल्य भने निकै महंगो छ । जानकारहरुका अनुसार औषधीय गुण भरिपूर्ण यो रातो च्याउ नेपाली बजारमा प्रतिकिलो १० हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।
कृषक एवं च्याउ खेती सम्बन्धी अनुसन्धानमा संलग्न आकाश बाडेका अनुसार ताजा रातो च्याउ दुई हजार र सुकाएर धुलो बनाएर तयार गरिने ९ड्राइ भनौं सुख्खा० रातो च्याउ १० हजार रुपैयाँ प्रतिकिलोमा पाइन्छ ।
‘रातो च्याउलाई जडिबुटीको राजा समेत भन्न गरिन्छ, यो क्यान्सरका विरामीलाई निकै लाभदायक छ’, उनले भने ।
भिडिओमा हामीले रातो च्याउ खेती कसरी गर्ने रु यसको फाइदा के के छ रु अफ्ठ्यारो के के छ रु र अन्य च्याउ खेती पनि कसरी गर्ने भन्ने लगायतका जिज्ञासा मेटाउने प्रयास गरेका छौं ।
कृपया भिडिओ पूरा हेर्नुहोला
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏