चैत १६ अघि सिपिङ भएका मरिच र केराउ ल्याउन दिइने

कृषि पोष्ट संवाददाता

काठमाडौ , १५ भदौ ।

सरकारले चैत १६ अघि सिपिङ भएका मरिच तथा केराउ नेपाल ल्याउन दिने भएको छ । मन्त्रिपरिषदले निर्णय गरेर डकुमेन्ट एगेन्स्ट पेमेन्ट (डीएपी) मा मगाएको मरिच तथा केराउ ल्याउन दिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

निकै लामो समयदेखि भन्सारमा आएर रोकिएको मरिच तथा केराउलाई नेपाल ल्याउन दिइएको हो । भन्सारमा झण्डै ४ अर्ब रुपैयाँ बराबरको मरिच तथा केराउ रोकिएको थियो । सरकारले कानूनी प्रक्रिया नपुर्याई ल्याएको भन्दै भन्सार पारी नै मरिच र केराउ रोकिएको थियो ।

यसले नेपाली व्यवसायीको अर्बौ रुपैयाँ फसेको आरोपपछि सरकारले चैत १७ अघि सिपिङ भएका १० हजार टन केराउ भन्सारमा रोकिएर बसेको थियो । ७५ करोड रुपैयाँ बराबरको केराउ भन्सारमै रोकिएपछि सरकारले खुलाएको हो ।

त्यसैगरी, ठूलो परिमाणमा मरिच पनि भन्सारमा आएर रोकिएको थियो । सरकारले मरिच तथा केराउ आयात रोक्नुभन्दा पहिला सिपिङ भएको सामान ल्याउन दिनुपर्ने व्यवसायीले माग गर्दै आएका थिए ।

सरकारले आयात बन्द गनुपूर्व आयात गरिएको डमुकेन्ट देखाउँदा पनि सरकारले भन्सार पास गराएको थिएन । तर, मन्त्रीपरिषद् उक्त केराउ तथा मरिच ल्याउन बाटो खुला गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०७६ चैत १६ अगाडी नै सिपिङ भएका केराउ र मरिच आयात गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

कोभिडको रोकथामका लागि गरेको कतिपय आदेश र व्यापारलाई व्यवस्थापन गर्न कतिपय वस्तु आयातमा रोक लगाएका थियौं । त्यो प्रतिबन्ध लगाउने बेलामा ती बस्तुहरु सिपमेन्ट भइसकेका थिए ।

तर, सरकारको प्रतिबन्ध पछि ती समान फर्काएर लैजान पनि समस्या भएको र नेपाल ल्याउन पनि समस्या भएकाले ल्याउन दिइएको हो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏