काठमाडौ , १७ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग युरिया मल सापटी मागेका छन् । प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री हसिनालाई फोन गरी धान खेतीका लागि युरिया मल आवश्यक भएकाले केही दिनका लागि सो मल सापटी दिएर सहयोग गर्न आग्रह गरेका हुन् ।
कुराकानीका क्रममा हसिनासँग आफूले नेपालमा तत्काल युरिया मलको आपुर्तिका लागि अनुरोध प्रधानमन्त्री ओलीले ट्वीटरमा जानकारी दिएका छन्।
‘प्रधानमन्त्री हसिनासँग दुई देशको हितका विषयमा उपलब्धिमुलक छलफल भयो, नेपालको तत्काल आवश्यकताको लागि माग गरिएको युरिया मलका लागि उहाँ सकारात्मक हुनुहुन्छ,’ प्रधानमन्त्रीले टि्वटरमा भनेका छन् ।