कसरी गर्ने बेसार खेती ? यस्तो छ बेसार खेती गर्ने तरिका

कृषि पोष्ट संवाददाता

परिचय

बिसारलाई अंग्रेजिमा turmeric भनिन्छ। यसको बैज्ञानिक नाम कुर्कुCurcuma longa linn हो। यसको उत्पत्ती दक्षिण एसियाका देशहरुमा भएको पाईन्छ। बेसार्मा पाईने प्रमुख तत्व कुरकुमिन, एक प्रकारको रङ हो। बेसार्को गानोमा सरदर १।८ देखी ५।४% कुरकुमिन पाईन्छ। भारत, पाकिस्तान, हाईटी जमाइका, चाइना र पेरु बेसारका प्रमुख उत्पादक देश हुन।

हावापानी र माटो:
बेसार मुख्यतया उस्ण हावापानिमा हुने बाली हो र समुन्द्र सतह देखी करीब १२०० मिटर उचाई सम्म यसको खेती गर्न सकिन्छ। यसको खेती सिंचित एवं असिंचित हल्का कालो देखी दोमट र रातो माटोमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटो दोमट माटो यसको लागि उपयुक्त हुन्छ। पि एच ५।५ देखी ६।५ उपयुक्त हुने यस बालीलाई तुसारोले खसै असर गर्दैन।

जग्गाको तयारी:
चैत्र बैशाख तिर पानी परीसकेपछी खनजोत गरी बेसार लगाउन सकिन्छ। लगाउदा हलोले स्थानिय हलोले कुलेसोमा १५-२० सेमिको फरकमा बिउ राखिन्छ। सामान्तया १ रोपनी जग्गको लागि कारीब १२० केजी बिउ आबश्यक्ता पर्दछ।

बिउ छनोट:
बिउ छनोट गर्दा कम्तिमा दुईवटा उम्रने मुन भएको ३०-५० ग्रामको बिउ छान्नु पर्दछ। यसरी छनिएको बिउलाई २५ ग्राम म्यन्कोजेब र १० ग्राम कार्बोन्डाजिम १० लिटर पानीमा घोली त्यसमा आधा घण्टासम्म डुबाउने र त्यसपछी छँयामा सुकाएर रोप्नु पर्दछ।

जात: नेपालमा आ।व ०७०-७१मा कपुरकोट हलेदो सिफारिस गरिएको छ।

मलखादको प्रयोग:
अधिक मल चाहिने यसबालीलाई प्रसस्त प्राङगारिक मलको साथइ रसायनिक मलको पनि आबश्यक्ता पर्दछ। सामान्यतया १ रोपनी जग्गामा ५०-६० डोको (१५००) केजी राम्ररी पाकेको गोबरमा राख्नु पर्दछ। यसको अलबा जग्गा तयारीको क्रममा ८ केजी डिएपी, ३ केजी युरिया तथा ४ केजी म्युरेट अफ पोटास प्रती रोपनी हाल्नु पर्दछ। २।५ केजी युरिया रोपेको ३ महिनापछी गोडमेल गर्ने बेलामा टपड्रेस गर्नु पर्दछ।

लगाउने दुरी:
बिरुवा देखी बिरुवा २५ सेमी, हार देखी हार बिचमा ३० सेमी

छापो हाल्ने:
माटोको चिश्यान जोगाई राख्न चाडै सड्ने पातहरु बेसारको रोपाई पछी पूर्णरुपले माटो ढाकिने गरी ४-६ सेमी बाक्लो गरी हाल्नु पर्दछ।

सिंचाई तथा गोडमेल:
बेसारलाई माटो र मौसम अनुसार १०-१२ पटक सम्म सिंचाई गर्नुपर्दछ। झारको मात्रा अनुसार बेलाबेलामा गोडमेल एवं माटो खुकुलो पार्ने काम गर्नुपर्दछ।

बाली लिने:
लगाएको करीब ९ महिनामा बाली लिन सकिन्छ। प्रती रोपनी २-२।५ मेट काँचो बेसारको उत्पादन लिन सकिन्छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏