दुबई , ६ असोज ।
बालुवै बालुवाले भरिएको संयुक्त अरब इमिरेट्स (यूएई) लाई ठूलै सफलता मिलेको छ । लकडाउनको ४० दिनमा यो मुलुकले बालुवामा पनि फल र तरकारी फलाउन सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ । वैज्ञानिकहरुले बालुवामा तरबुजा र लौका जस्ता फल र तरकारी फलाएका छन् ।
बालुवाले घेरिएको युएईले आफ्नो ताजा फल र तरकारीको ९० प्रतिशत आवश्यकता आयातको माध्यमबाट पूर्ति गर्दै आएको छ । तर, यूएई यो प्रयोगलाई व्यापक रुपमा प्रयोग गर्न सक्छ । लिक्विड नेनोक्ले अर्थात् गिलो माटोको पद्धति प्रयोग गरेर यो सफलता प्राप्त भएको हो ।
यो एक किसिमले माटोलाई पुनर्जिवित गर्ने तरिका हो । यसमा पानीको प्रयोग ४५ प्रतिशत सम्मले कमी आएको छ । युएईले यो विधि प्रयोग गरेर एक कारखाना बनाउने र यसको व्यवसायीक उपयोग गर्ने घोषणा गरेको छ । लिक्विड नेनोक्ले प्रविधिमा चिप्लो माटोलाई सानो–सानो कण द्रव्यको रुपमा प्रयोग गरिन्छ ।
यो विधिमा साइल केमिस्ट्रिको केटानिक एक्सचेन्ज क्यापासिटीको सिद्धान्त प्रयोग गरिएको छ । रासायनिक संरचनाका कारण चिप्लो माटोको कणमा नेगेटिभ चार्ज र बालुवाको कणमा पोजिटिभ चार्ज हुन्छ । विपरित चार्जका कारण बालुवामा माटोको घोल मिलेपछि यसको एक बन्धन बन्ने यो विधि विकास गर्ने नर्वेको कम्पनी डेजर्ट कन्ट्रोलका मुख्य कार्यकारी अध्यक्ष ओले सिवट्सनले बताए ।
यो बन्धनलाई जब पानी हालिन्छ, यसको पोषक तत्व यसैसँग टासिन्छ । यसरी एक यस्तो किसिमको माटो तयार हुन्छ, जसमा पानी सोसिन्छ र बिरुवाले जरा विस्तार गर्छ ।
मरभूमि प्रधान मुलुक यो देशमा कयौ कन्टेनर राखिने छ । जसका कारण स्थानीय माटोबाट उक्त देशको मरभूमिमा खेती गर्न सकिन्छ । यस विधिको प्रयोग यदी एक वर्ग मीटर जमीनमा गरिने हो भने यसको खर्च २४० रुपैयाँ पर्न आउछ ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏