कुखुराको मासुको मूल्य फेरि बढ्यो

कृषि पोष्ट संवाददाता

काठमाडौँ, ६ असोज ।

कुखुराको मासुको मूल्य फेरि बढेको छ ।कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञाको समयमा निरन्तर रुपमा घट्दै आएको कुखुराको मासुको मूल्य एक सातामा १५ रुपैयाँले बृद्धि भएको छ ।

सरकारले लगाएको तीन साता लामो निषेधाज्ञा एक साता अगाडिदेखि अन्त्य भएसँगै उपत्यकामा नेपालीहरुको महान चार्ड दशैं नजिकिएको तथा लकडाउन र निषेधाज्ञाको अन्त्यले होटल तथा रेस्टुरेण्टहरू सञ्चालनमा आएको थियो ।

साथै सोह्रश्राद्ध पनि सकिएकाले बजारमा कुखुराको खपत बढ्न थालेकाले बजारमा यही मौका व्यवसायीले बोइलर कुखुराको मासुको मूल्यबृद्धि गरेका छन् ।
शनिबारदेखि लागू हुने गरी पोल्ट्री संघले जिउँदो कुखुरा प्रतिकेजी १० रुपैंयाँ र तयारी मासुमा १५ रुपैयाँले मूल्य बढाएको पोल्ट्री संघका अध्यक्ष जंगबहादुर वीसीले बताएका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏