म्याग्दी र मुस्ताङ्गका कृषकलाई ९ करोड रुपैयाँ अनुदान

कृषि पोष्ट संवाददाता

म्याग्दी, १२ असोज ।

म्याग्दी र मुस्ताङ्गका कृषकलाई कृषीज्ञान केन्द्र म्याग्दीबाट ९ करोड रुपैयाँ अनुदान वितरण गरिने भएको छ । संघ सरकारबाट प्राप्त शसर्त अनुदान ४ करोड २५ लाख ८२ हजार र प्रदेश सरकारबाट प्राप्त शर्सत अनुदान ६ करोड ९१ लाख ९६ हजार गरी कुल ११ करोड १७ लाख ७८ हजार रुपैयाँ रहेको छ । यी दुबै रकमबाट ९ करोड १७ लाख ७८ हजार रुपैयाँ कृषकलाई वितरण गरिने केन्द्रले जनाएको छ ।

प्रदेश सरकारबाट प्राप्त ६ करोड मध्ये २ करोड रुपौयाँ चालु आर्थिक वर्षमा कार्यालयको चालु तथा पुँजीगत खर्चमा खर्च हुने केन्द्रले जनाएको छ । संघ सरकार अन्तर्गत विनीयोजन भएको ४ करोड २५ लाख ८२ हजार रकम मध्ये प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तर्गत ३ करोड २० लाख ८६ हजार रुपैयाँ, प्राङ्गारिक खेती कार्यक्रम अन्तर्गत ९८ लाख ६ हजार र रैथाने तथा स्थानिय बाली विकास कार्यक्रम अन्तर्गत ६ लाख ३६ हजार रुपैयाँ रकम विनियोजन गरिएको केन्द्रका कृषी प्रसार अधिकृत गोविन्द पाण्डेले बताएका छन् ।

केन्द्रले अनुदान वितरण गर्ने समुह र मापदण्द्ध पनि सार्वजनिक गरेको छ । विभिन्न कृषी फार्म, कृषक, समुह, सहकारी, साना कृषी व्यवसायि फार्म विस्तार कार्यक्रम, सानासिंचाई कार्यक्रम, कृषी उपज संकलन केन्द्र तथा विक्री वितरण केन्द्र निर्माण, कृषी यान्त्रीकरण, बाँझो जग्गामा खेती गरेबापत प्रति रोपनी ३ हजार रुपैयाँ, प्रतिफलमा आधारित कृषी उत्पादनमा एक रोपनीमा तरकारी उत्पादन गरे बापत ३ हजार रुपैयाँ अनुदान वितरण गर्ने भएको हो ।

जसका लागि न्यूनतम ३ रोपनीमा तरकारी खेति गरेको हुनु पर्ने प्रावधान रहेको छ । सरकारले कृषीमा देशलाई आत्मनिर्भर गराउने उद्देश्य राखेकाले गतबर्षको तुलनामा यस बर्ष सरकारले कृषी क्षेत्रमा लगानीबढाएको ज्ञान केन्द्र म्याग्दीका कृषी प्रसार अधिकृत पाण्डेको भनाई छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏