विराटनगर ।
अघिल्लो साता कालिमाटी तथा बल्खु बजारबाट अनुगमनका क्रममा जफत गरिएका प्याज सरकारले खाद्य व्यवस्था तथा बजार कम्पनीबाट वितरण गरेको छ । अघिल्लो साता सरकारले व्यवसायीहरुले लुकाएको करिब १२ हजार किलो प्याज जफत गरेको थियो ।
जफत गरिएको प्याज खाद्यले शुक्रबारदेखि प्रति किलो ६० रुपैयाँका दरले बिक्री गरिरहेको छ । भारतबाट प्याज आयात रोकिएकोपछि बजारमा प्याजको भाउ बढेको छ ।
कलोबजारी बढेपछि बाहिर बजारमा प्याजको भाउ १४० सम्म पुगेको उपभोक्ताहरुले बताएका छन् ।
तीन दिन अघि सम्म बजारमा प्रति किलो ५० रुपैयामा पाइने प्याजको मुल्य एक्कासि दोब्बरले बढेर एक सय रुपैया किलो पुगेको छ ।व्यापारीहरुले भारतको नासिकबाट ल्याइएको प्याज भंसार नाका सम्म आइपुगेको अवस्थामा करिब २ सय १० मेट्रिक टन प्याज सिमावर्ती जोगबनी भंसारमा रोकिएको छ । भारतमा प्याजको मुल्यवृद्धि भएको र निर्यात समेत रोकेकाले चीनबाट आयात गर्ने थोक विक्रेताहरुले बताएका छन् ।एक साता अघि प्रति किलो १२ भारतिय रुपैयाँ रहेको प्याजको थोक मुल्य नासिकमा नै ४८ भारु पुगेकोले यहा पनि प्याजको मुल्य बढेको थोक विक्रेताहरुले बताएका छन् ।
उनिहरुले महंगोमा किन्नु परेकोले मंहगै बेच्न बाध्य भएको बताएका छन् ।विराटनगर स्थित भन्सार कार्यालयहुदै गत आर्थिक वर्षमा भारतबाट ४ हजार ६ सय ४७ मेट्रिक टन प्याज आयात भएकोमा यस आर्थिक वर्षको भदौ २४ गते सम्म १ हजार ६ सय मेट्रिक टन प्याज आयात भएको विराटनगर भंसार कार्यालयमा प्रमुख भंसार अधिकृत शिव भण्डारीले जानकारी दिनुभयो ।चीनबाट विराटनगरसम्म प्याज ल्याउन बढीमा २० दिन लाग्ने र चिनियाँ प्याज आएपछि प्याजको मुल्य घट्ने पनि प्याजका थोक विक्रेताहरुको भनाइ छ ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏