सुजन ढकाल/हेटौंडा, १६ असोज ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमति प्रदेशले चालु आर्थिक वर्षमा प्रति लिटर २ रुपैयाँका दरले १६ करोड रुपैयाँ उत्पादनमा आधारित दूधमा अनुदान दिने भएको छ । गतवर्षको तुलनामा यसवर्ष बजेटमा कटौती गरेसँगै चालु आर्थिक वर्षमा निर्देशनालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी दूधमा अनुदान रहेको छ ।
गत वर्ष प्रदेशले दूधमा प्रतिलिटर एक रुपैयाँ मात्र अनुदान दिएकोमा यस वर्ष प्रतिलिटर अनुदान एक रुपैयाँ थप गरिएको हो । दुग्ध उत्पादक सहकारीबाट सिफारिस भएको आधारमा किसानलाई अनुदान दिइने निर्देशनालयका निर्देशक डाक्टर रामप्रकाश प्रधानले जानकारी दिए ।
निर्देशनालयले यस वर्ष नेपाल अण्डा उत्पादक संघसँग अण्डा भण्डारणका लागि भवन निर्माण गर्न डेढ करोड खर्च गर्ने निर्णय गरेको छ । त्यसैगरी केन्द्रीय दुग्ध उत्पादक सहकारी संघसँग ५० प्रतिशत लागत साझेदारीमा मकवानपुरमा दुग्ध प्रशोधन कारखाना स्थापनाको लागि पनि यस वर्ष ७५ लाख रुपैयाँ छुट्याइएको प्रधानले बताए ।
आर्थिक वर्ष २०७७-०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार मत्स्यपालक कृषक÷व्यवसायीहरुलाई विद्युत खपत महसुलमा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत ३० लाख रुपैयाँ प्रदान गरीने निर्देशनालयका सूचना अधिकारी एवम् पशु चिकित्सक डाक्टर बल्लु ठाकुरले जानकारी दिए ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरमा १५ लाख, काभ्रे १५ लाख, ललितपुर २५ लाख, चितवन ४० लाख, नुवाकोट १५ लाख, धादिङ १० लाख, दोलखा १५ लाख र सिन्धुलीलाई १५ लाख रुपैयाँ अनुदान प्रदान गरिने छ ।
विद्युत खपत महसुल अनुदान कार्यक्रम कार्यविधि २०७७ ले तोकिए बमोजिमको कागजात पेश गर्ने गरी साझेदारी गर्न इच्छुक आवेदक वा प्रस्तावकहरुबाट असोज २२ गतेभित्र अनुसूची २ बमोजिम आवश्यक कागजात संलग्न गर्नुहुन भनेर निर्देशनालयले सूचना प्रकाशित गरिसकेको छ ।
कम्तीमा ५ कठ्ठा क्षेत्रफलमा माछा पालन गरी कृषि मिटर जडान गरेका व्यवसायिक फर्म तथा समूहलाई उठेको विद्युत् महसुलको ५० प्रतिशत अनुदान दिनेगरी बजेट विनियोजन भएको निर्देशनालयका निर्देशक प्रधानले बताए । यसैगरी मत्स्य क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत मकवानपुरमा १५ लाख, चितवनमा ३ करोड, सिन्धुलीमा १ करोड र काभ्रेमा १५ लाख रुपैयाँ अनुदान छुट्याएको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरमा १५ लाख, काभ्रे १५ लाख, ललितपुर २५ लाख, चितवन ४० लाख, नुवाकोट १५ लाख, धादिङ १० लाख, दोलखा १५ लाख र सिन्धुलीलाई १५ लाख रुपैयाँ अनुदान प्रदान गरिने छ ।
यस्तै मत्स्यपालनको प्रवद्र्धन र विकासका लागि भन्दै प्रदेशले चालु वर्षमा काठमाडौंमा फिस पार्क निर्माण तथा सञ्चालन गर्ने योजना पनि बनाएको छ । जसको लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसैगरी प्रदेश दुग्ध सहकारी संघ लिमिटेडको सुदृढीकरण कार्यक्रमको लागि पनि १० लाख छुट्याइएको छ ।
यस्तै निर्देशनालयले मकवानपुरको मकवानपुरगढी गाउँपालिकासँग ५०÷५० प्रतिशत लागत सहभागितामा सहकार्यमा पशुमैत्री पार्क स्थापना र सञ्चालन पनि गर्ने भएको छ । जसको लागि निर्देशनालयले यस वर्ष १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
गत वर्ष प्रदेशले एकीकृत रेन्बो ट्राउट माछा विकास तथा विस्तार कार्यक्रम, बंगुरपालन विकास तथा विस्तार कार्यक्रम, वृहत्तर बाख्रा अनुसन्धान, विस्तार तथा विकास कार्यक्रम, कृषि पर्यटनको प्रवद्र्धनको लागि नमूना कालिज तथा स्थानीय जातका कुखुरा पालनलगायतका कार्यक्रम सञ्चालन गरेको थियो । हलोखबर
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏