बन्दना पोखरेल
एक समय थियो, ईश्वरी खन्गाहा वैदेशिक रोजगारका लागी लाइनमा बस्थे, अहिले आफ्नै बारिमा रमाइरहेका छन् । पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरे चार घरेका खन्गाह ६ वर्ष बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया बसे । पैसा ठिकै भए पनी काम अत्यन्त दुख थियो । उनी भन्छन्,‘त्यो दुख यहाँ गर्न सके के भन्नु हिरा नै फल्छ होला ।’ हुनत विदेशमा कहाँ सजिलो छ र । खन्गाहा सुख पाउने धन कमाउने आशमा झोला बोकियो तर अत्यन्त काम गाह्रो थियो ।
प्लाष्टिक इलेक्ट्रिक कम्पनीमा काम गर्दा दिशा पिसाबका लागि समेत अनुमति लिनुपथ्र्यो । आफ्ना दुख सुनाउँदै अहिले आफ्नो ठाउँमा गरिएको कृषिले स्वर्गीय आनन्द दिएको र सन्तुष्ट रहेको बताउँछन् । अहिले उनको बारीमा टमाटर ८ वटा टनेलमा छन् । करिव ५ रोपनी जग्गामा लगाइएको टमाटर गाउँपालिका कृषि शाखाको समन्वयमा पूर्वखोला, तानसेन मित्याल बजार अर्चलेमा विक्री भइरहेको छ । खुसानी काउली, बन्दा विक्रि भए गत वर्ष मात्र उनले खुर्सानीबाट २ लाख आम्दानी गरेको र काउली तथा बन्दाबाट १ लाख ५० हजार बरावरको विक्री गर्न सफल भएको बताउँछन् । तिन बर्ष यता आफ्नै पौरखमा रमाउँदै आएका खन्गाह टमाटर विक्री बाट मात्रै २ लाख ५० माथि आम्दानी हुने अनुमान गर्दै खुसी छन् । उनी भन्छन्,‘विदेशभन्दा गाउँ धेरै रमाईलो हो, मलाई कहिलेकाहीँ सघाउने श्रीमती छन् तर उनको आफ्नै सिलाइबुनाई गर्छिन् ।’
उनकी श्रीमती गुनीसरा भन्छिन्,‘सानो पेशा गरेर श्रीमान्लाई सघाउन पाउँदा खुसी लाग्छ । हामी दुवै मिलेर पारिवारीक गाह्रोसाह्रो समाधान गर्छौँ । एक छोरी र एक छोरासहितको परिवार उनको अत्यन्त खुसी छ ।’ अध्यक्ष युवा लक्षित कार्यक्रमबाट गत आथिक वर्ष २०७६÷ ०७७ मा ५० हजार गाउँपालिकाले अनुदान सहयोग गरेको भने प्राविधिक सहयोग गाउँपालिका र वडाबाट भैरहेका निस्दीका कृषि शाखा प्रमुख खेमराज कोइरालाले बताउँछन् । अन्य अपुग रकम कृषक आफ्नै रहेको हो । पाइपबाट ल्याइको पानीलाई संकलन गरी खेती गरिएको छ । कृषि शाखाका प्रमुख कोइरालाका अनुसार एक वडा एक उत्पादनलाई जोड दिँदै आएको निस्दीले कृषकको सहयोग लागी प्राविधिक मात्र नभएर बजारीकरण गर्न पनी सहजिकरण गर्ने र आवश्यकता पर्दा गर्दै आएको बताउँछन् ।
पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏