यस्ता छन् बागमती प्रदेशले कृषि क्षेत्रमा हालसम्म गरेका उल्लेखनीय कामहरू (सूचीसहित)

कृषि पोष्ट संवाददाता

काठमाडौं, २१ असोज ।

बागमती प्रदेश, भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले हालसम्म विभिन्न उल्लेखनीय कामहरू गरेको छ ।

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल र भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको योजना र क्रियाशिलतामा कृषि क्षेत्रको आधुनिकीकरण र बजारिकरणको कामहरु निरन्तर अघि बढीरहेको छ ।

कृषि उत्पादनको हरेक क्षेत्रमा आत्मनिर्भर बन्ने बाटोमा प्रदेश अघि बढिरहेको छ । मन्त्रालयले जग्गा चक्लाबन्दी गरि समुदायमा आधारित सामूहिक खेती, कृषक समूह तथा कृषि सहकारीलाई ठुला साना कृषि उपकरण उपलव्ध गराई तरकारी खेतीको व्यावसायिकरणमा जोड दिइएको छ ।

यी हुन् बाग्मती प्रदेश,भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले हालसम्म विभिन्न उल्लेखनीय कामहरू :

१) सिन्धुलि जिल्लाको दुधौलिमा १२१ बिगाहा, चितवनको माडिमा १०० बिगाहा, सिन्धुपाल्चोक इन्द्रावतीमा ८०० रोपनी, नुवाकोट लिखुमा ५०० रोपनी जग्गामा सबै जग्गा चक्लाबन्दी गरि समुदायमा आधारित सामुहिक खेती भैरहेको छ।

२) प्रदेशभरी कृषि उत्पादन बजार सम्म लैजान उत्पादन क्षेत्र र बजार बिचमा पहुँच निर्माण गर्न ६९ वटा कृषि सडक निर्माण गरि ढुवानी सहजता भएको छ।

३) प्रदेश भरी ९६ वटा सौर्य सिचाइ कार्यक्रम संचालन गरि ११० हेक्टर जमिनमा सिचाइ सुबिधा पुगेको छ।

४) प्रदेश भरी १२ स्थानमा ठुलो परिमाणमा कृषि उपज भन्डारण गर्न सकिने कोल्ड स्टोर

५) प्रदेशका विभिन्न १२ स्थानमा निर्माण हुदै गरेका छन।अबको केही महिनामा निर्माण सम्पन्न हुने कोल्ड स्टोरमा १७५०० मेट्रीक टन क्षमताको कृषि उपज सुरक्षित साथ राख्न सकिनेछ।

६) प्रदेश भरि ५३ वटा लिफ्ट सिचाइ जडान भइ थप ३५० हेक्टर जमिनमा सिचाइ सुबिधा वृद्धि भएको छ।

७) प्रदेशका विभिन्न ठाउमा गरेर २२०० मेक्ट्रीक टन क्षमताको ६ वटा कोल्ड च्याम्बर निर्माण भएको छ।

८) प्रदेशका पहाडी भागमा ४०० रोपनी र तराईका ५० बिगाहामा व्यावसायिक तरकारी खेती गरिरहेका कृषक समूह,कृषि सहकारीलाई ठुलो साना कृषि उपकरण उपलब्ध गराइ तरकारी खेतिको व्यावसायिकरणमा जोड दिइएको छ।

९) प्रदेश सरकारले सक्रियतामा रसुवा जिल्लामा १०५ रोपनीमा उन्नत स्वाउ खेती गरि गत बर्ष मात्रै १७५ टन स्वाउ उत्पादन गर्न सफल भएकोछ।

१०) प्रदेशमा नमुना डेरी दुग्ध प्रशोधन प्लान्ट निर्माण गरि दुधबाट निर्माण हुने क्याडवरी,चकलेट लगायतको उत्पादन गर्ने उद्योग निर्माण भैरहेको छ।

११) मकवानपुरमा दुग्ध पाउडर प्लान्ट निर्माण भैइरहेको छ।

१२) प्रदेशका ६६ निर्वाचन क्षेत्र मध्ये ५९ क्षेत्रमा नमुना कृषि फार्म स्थापना र संचालन भैरहेको छ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏