खाद्य कम्पनीले तत्काल २ हजार मात्रै खसीबोका ल्याउने

कृषि पोष्ट संवाददाता

काठमाडौं, २१ असोज ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैं/तिहारका लागि तत्काल २ हजार खसीबोको तथा भेडाच्याङ्ग्रा मात्रै ल्याउने भएको छ ।

यसअघि ३ हजार खसीबोका तथा भेडाच्याङ्ग्रा ल्याउने लक्ष्य रहे पनि माग कम हुन सक्ने भएकाले तत्काल २ हजार संख्यामा मात्रै खसीबोका ल्याउने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् ।

‘हामीले ३ हजार खसीबोका ल्याउने लक्ष्य लिए पनि तत्काल २ हजार संख्यामा ल्याउँछौं । त्यसपछि आवश्यक परेमा फेरि थप ल्याएर बिक्री गर्छौ’ उनले भनिन्, ‘त्यति बढी माग नहुने हो कि भनेर २ हजार संख्यामा मात्रै ल्याउने योजना छ ।’

उनले कम्पनीले ६ करोड रुपैयाँ बराबरका खसीबोका खरिद गरी बिक्री गर्ने योजना बनाएको बताइन् । बाहिरी बजारमा भन्दा सहुलियत मुल्यमा ज्यँुदो खसीबोका तथा भेडाच्याङ्ग्रा बिक्री वितरण गर्ने कम्पनीको लक्ष्य छ ।

कम्पनीले खसीबोकाको मुल्य निर्धारणमा १० रुपैयाँ छुटसमेत दिने निर्णय गरेको छ ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏