खजुरामा किसानले पालेको बाख्रामा पिपिआर रोगको खोप दिइयो

कृषि पोष्ट संवाददाता

नेपालगन्ज , २३ असोज ।

खजुरामा बाख्रामा पिपिआर रोगको संक्रमण फैलिएपछि खोप दिइएको छ । खजुरा ३ का मनकामना र धवलागिरीका १५ घरका दुई सय बाख्राहरुमा पिपिआर खोप दिइएको हो ।

बाख्रामा पिपिआर रोगको संक्रमण देखिएपछि बिरामी हुने र केहि मर्न थालेपछि संक्रमण थप फैलन नदिन फैलिसकेको स्थान वरिपरि पिपिआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले बताइन ।

संक्रमण फैलिएको क्षेत्रमा प्राविधिक खटिएर खोप दिइएको कार्यालय प्रमुख अधिकारीले बताइन । बाख्रामा पिपिआर संक्रमण देखिएपछि किसानहरु त्रसित भएका थिए ।

दशैमा खुशीको खबर ह्वतै घट्यो कुखुराको मासु प्रतिकेजी कति ?

कुखुराको मासुको मूल्य पुनः ओह्रालो लागेको छ।

उत्पादन धेरै र खपत कम हुन थालेपछि मूल्य प्रतिकेजी ३५ रुपैयाँले घटेको हो। दसैंमा बिक्री हुने भन्दै व्यवसायीले खोरमा धेरै कुखुरा तयार पारेर बजारमा पठाउन थाल्दा मागभन्दा आपूर्ति बढी भएर मासुको मूल्य पुनः घट्न थालेको हो।

पोल्ट्री संघले बजारमा लागू हुनेगरी कुखुराको मासुमा किलोको ३५ रुपैयाँ कम गरेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए। बजार बिग्रिने अवस्थामा मूल्यमा सन्तुलन मिलाउने प्रयास संघले गर्ने गरेको छ।

हाल बजारमा जिउँदो कुखुराको किसान मूल्य प्रतिकेजी एक सय ५० रुपैयाँ र मासु उपभोक्ता मूल्य दुई सय २० रुपैयाँ कायम गरिएको छ। मासु खपत कम हुँदा कतिपय खुद्रा ब्यापारीहरुले किलोको २ सय रुपैयाँमै मासु बेच्न थालेका छन्।

गत साता जिउँदो कुखुरा प्रतिकेजी एक सय ६० रुपैयाँ र मासु प्रतिकेजी दुई सय ५५ रुपैयाँसम्म पुगेको थियो।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏