नेपालगन्ज, २३ असोज ।
बाँकेको खजुरा ३ मा किसानले पालेको बाख्रामा पिपिआर रोगको संक्रमण देखिएको छ । पाल्नका लागी डुलुवा ब्यापारीबाट खरिद गरि ल्याएको बाख्रामा पिपिआरको संक्रमण देखिएको खजुरा गाउँपालिका पशुसेवा शाखाले जनाएको छ ।
बाख्रामा पिपिआर देखिएपछि बाख्रा मर्न थालेका छन । रोगको संक्रमण थप फैलन नदिन परिपरी सम्म पिपिआर खोप लगाउनु पर्ने हुन्छ । रोगको संक्रमण फैलिएको थाहा भएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्राबिधिक खटाएर रोग नियन्त्रणमा लिन त्यस तर्फ प्रस्तान गरिसकेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द बाँकेका प्रमुख कमला अधिकारीले आफु सहितको प्राबिधिक टोली पिपिआर संक्रमण फैलिएको स्थानमा जान हिडिसकेको जानकारी दिनुभयो ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏