काठमाडौँ, २५ असोज ।
कुखुराको मासुको मूल्य झनै सस्तिएको छ ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ प्रथम उपध्यक्ष श्रय ढकालका अनुसार यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको जानकारी दिनुभयो ।
खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको व्यापरीहरु बताउछन् ।
सामान्य अवस्थामा काठमाडौंमा दैनिक साढे दुई लाख किलो मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले सवा लाख किलो मात्रै मासु बिक्री भईरहेको संघले जनाएको छ ।
दशैंको मुखमा घट्न थाल्यो मासुको मूल्य, अहिले प्रतिकेजी कति छ ?
देशैं नजिकिँदै गर्दा कुखुराको मासुको मूल्य पनि घट्न थालेको छ ।
दशैंमा बिक्री हुने भन्दै व्यवसायीले खोरमा धेरै कुखुरा तयार पारेर बजारमा पठाउन थाल्दा मागभन्दा आपूर्ति बढी भएर मासुको मूल्य पुनः घट्न थालेको हो ।
उत्पादन धेरै र खपत कम हुन थालेपछि मूल्य प्रतिकेजी ३५ रुपैयाँले घटेको हो । हाल बजारमा जिउँदो कुखुराको किसान मूल्य प्रतिकेजी एक सय ५० रुपैयाँ र मासु उपभोक्ता मूल्य दुई सय २० रुपैयाँ कायम गरिएको छ ।
मासु खपत कम हुँदा कतिपय खुद्रा ब्यापारीहरुले किलोको २ सय रुपैयाँमै मासु बेच्न थालेका छन् ।गत साता जिउँदो कुखुरा प्रतिकेजी एक सय ६० रुपैयाँ र मासु प्रतिकेजी दुई सय ५५ रुपैयाँसम्म पुगेको थियो ।
घर गाउँमा पाहिने गुणकारी फल केराकाे बुङ्गोका यास्ता छन् फाइदा !
केरा निकै मिठो र स्वास्थ्यको लागी गुणकारी फल हो । यसमा हाम्रो स्वास्थ्यको लागी आवश्यक ३ वटा प्राकृतिक सुगर पाइन्छ । ती हुन् ,सुक्रोज फ्रुकोज र ग्लुकोज । त्यस्तै केराको कोसा बाहेक यसको बुङ्गो पनि हाम्रो लागी फाइदाजनक हुन्छ ।
यसले स्वालमा मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी काम गर्छ । बुङ्गोमा एन्टि अक्सिडियन्ट हुने हुँदा मुटुको समस्या ,क्यान्सर,बुढ्यौलीपन पनि कम गर्नका लागी सहयोग गर्छ । हामीले केराको बुङ्गोको विभिन्न परिकार बनाएर खाएमा पेट फुल्ने ,अपच हुने, दुख्ने र कब्जियतको समस्याबाट समेत बच्न सकिन्छ । त्यस्तै यसले मधुमेह र डिप्रेसन भएको व्यक्तिहरुको लागी एकदमै फाइदाजनक हुन्छ ।
किनभने केराको बुङ्गामा प्रशस्त मात्रामा म्याग्नेसियम र अनावश्यक ईन्सुलिनको मात्रा घटाउने तत्व पाइन्छ । मृगौला र मुत्र प्रणालीलाई समेत फाइदाजनक हुन्छ । किनभने केराको बुङ्गामा आईरन, क्याल्सियम तथा कपर जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । यदि केराको बुङ्गोलाई पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्नेछ । त्यसका साथै अत्यधिक मात्रामा हुने ब्लिडिङ पनि कम हुन्छ । यो सुत्केरी तथा गर्भवती महिलाको लागि निकै फाइदाजनक हुन्छ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏