काठमाडौं, ५ कात्तिक ।
प्याजको मूल्य पुनः बढेको छ। मंगलबार प्याजको मूल्य औसतमा सोमबारको तुलनामा प्रतिकिलो १४ रुपैयाँले बढेको छ।
कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य मंगलबारका लागि अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ।
मंगलबारको लागि औसत मूल्य भने प्रतिकेजी १ सय ३२ रुपैयाँ तोकिएको छ।
सोमबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकेजी औसतमा १ सय १८ रुपैयाँ रहेको थियो।
सैँतीस करोड मूल्य बराबरको मल बिक्री
सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले १४ स्थानीय तहमा आफ्ना डिलरमार्फत आर्थिक वर्ष २०७६÷७७ मा रु ३६ करोड ९३ लाख सात हजार ८६० मूल्य बराबरको करीब १४ हजार ८५९ दशमलव ४५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।
सो कार्यालयले पर्सा जिल्लामा रहेका १४ वटा स्थानीय तहमा रासायनिक मल बिक्री वितरण गर्ने आफ्ना डिलरलाई स्थानीय तहको सिफारिसमा उक्त मल वितरण गरेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो । स्थानिय तहका जनप्रतिनिधिले भने रासायनिक मल वितरण प्रणालीमा पारदर्शीता नभएका कारण ठोरी गाउँपालिका लगायतका सुदूर ग्रामीण क्षेत्रसम्म रासायनिक मल पर्याप्त मात्रामा नपुगेकाले धान खेतीमा पर्न गएको बताएका छन् ।
पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले नेसनल ट्रेडिङ लिमिटेडले मल वितरणबारे विस्तृत जानकारी नभएको गुनासो गर्नुभयो । रासस