रायोका सागको फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा रायो फलाएको धेरै ठाउमा देख्नपाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।
गर्भवतीलाई लाभ गर्छ : गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।
मुटु बलियो बनाउँछ : मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।
स्मरणशक्ति बढाउँछ : उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।
महिनावारीमा राहत दिन्छ : रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।
बाथका रोगीलाई राहत दिन्छ : रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।
शरीरका विकार फाल्छ : रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तरल्ले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।
– एजेन्सी
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏