लमजुङ , २५ कार्तिक ।
लमजुङ प्रहरीले जुवा (तास) को खालबाट साढे ११ लाख रुपैयाँसहित १४ जना जुवाडेलाई पक्राउ गरेको छ ।
मध्यनेपाल नगरपालिका–१, जिताको सरेदीस्थित सुदिप थापाले सञ्चालन गरेको कृषि फार्मबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । डीएसपी गंगाबहादुर थापाका अनुसार कृषि फार्ममा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा फर्मबाट १४ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरुको साथबाट ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँ बरामद गरेको डीएसपी थापाले बनाए । उनका अनुसार सिल प्याक तास ३ गड्डी र खुल्ला तास ३ सय १५ पत्ति बरामद गरिएको प्रहरीले जनाएको छ ।
डीएसपी थापाको कमाण्डमा खटिएको टोलीले जुवाडेलाई पक्राउ गर्नुका साथै उनीहरुको साथबाट रकम बरामद गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–९ का ५० वर्षीय रामबहादुर गुरुङ, वडा नं. ७ का ५० वर्षीय कृष्णबहादुर अधिकारी, वडा नं. ४ का ३९ वर्षीय देव दोङ, वडा नं. ९ का ३० वर्षीय गोरबहादुर गुरुङ, ६० वर्षीय कूलबहादुर गुरुङ, ४५ वर्षीय रामचन्द्र घर्ती, ३५ वर्षीय योगेन्द्र श्रेष्ठ, मध्यनेपाल नगरपालिका वडा नं. ३ का ३१ वर्षीय सन्देश थापा, तनहुँको आबुखैरेनी ३ का ४२ वर्षीय सुरेन्द्र मगर, भानु नगरपालिका–१ का ३७ वर्षीय कृष्णप्रसाद सापकोटा, कास्कीको रुपा गाउँपालिका–७ का रामबाबु भट्टराई, गोरखाको गोरखा नगरपालिका–११ का ४० वर्षीय नरेन्द्र तामाङ, ४० वर्षीय आकाश तामाङ र तनहुँको ब्यास नगरपालिका–११ बस्ने वर्षीय ४२ को प्रेमबहादुर अधिकारी रहेका छन् ।
डीएसपी थापाले केही पेशेवर जुवाडे पक्राउ परेको दाबी गरे । उनका अनुसार कृषि फर्मलाई घेराबन्दी गरी जुवातास खेल्ने व्यक्तिलाई मंगलबार अपराह्न ४ बजे नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । कृषि मार्फका संचालक थापा प्रहरी नियन्त्रणमा छैनन् । उनीहरूलाई कार्यालयमा ल्याइ जुवा सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏