काठमाडौं ,८ मंसिर ।
भक्तपुरको सिरुटारमा गीता रिजालले बहिनी पार्वतीसँग मिलेर तरकारी खेती गरेको सात वर्ष भयो । १० रोपनी जग्गा भाडामा लिएर तरकारी फलाउँदै गीताले स्नातकोत्तर सकिन् । पार्वती भने स्नातक अन्तिम वर्षमा छिन् उनीहरूले भाइलाई समेत पढाइरहेका छन् । बस्नलाई उनीहरूले फार्मको बीचमा सानो छाप्रो बनाएका छन् ।
वार्षिक एकलाख ६० हजार रुपैयाँ भाडा तिर्नुपर्ने उनीहरूले अहिले स्ट्रबेरी, गोलभेडा लगायतका तरकारी खेती गर्दै आएका छन् । तर, कोरोना भाइरसका कारण देशभर लागु गरिएको लकडाउनका कारण रिजाल दिदीबहिनी फुर्सदिला बनेका छन् ।
पढ्नका लागि काठमाडौं आएकी गीता सुरुमा जागिरको लागि भौतारिएको र भाँडा माझ्ने काम नै भए पनि गर्छु भन्ने सोचेकी उनले कतै काम नदिएपछि एउटा प्रोजेक्टमा काम पाएर तीन वर्ष बिताएको र त्यहाँबाट नयाँ अनुभव भएको बताउछिन् ।
त्यसपछि काकाको सल्लाह र सहयोगमा आफैँ व्यवसाय थालेको गीताले सुनाइन् । भक्तपुरमा जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरिन् । राम्रो हुँदै गएपछि गाउँमा रहेकी बहिनीलाई पनि लिएर आइन् । वाग्मती प्रदेश सरकारको मातहतमा रहेको कृषि ज्ञान केन्द्रले निकालेको अनुदानको सूचना थाहा पाएपछिउनले फर्म भरिन् ।
कृषि ज्ञान केन्द्रले उनको फार्मप्रति चासो देखायो र स्ट्रबेरी खेतीका लागि अनुदान दिने भयो । अझै उनलाई १८ लाख लगानी गरेको खेतीमा कति अनुदान आउला र भन्ने लाग्थ्यो । तर, प्रकृया पुरा गरेर पाँचलाख पाउँदा उनलाई राम्रै सहयोग पुग्यो । रिजाल दिदीबहिनीलाई व्यवसायिक तरकारी खेती फापेको छ । र अहिले दुई दिदीबहिनि मिलेर फार्म संचालन गरिरहेका छन् ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏