लोक गायक बद्री पंगेनीले भने, ‘यो व्यवस्था चाँहिदैन, किसान मार्न पाइँदैन

कृषि पोष्ट संवाददाता

काठमाडौं, ३० मंसिर ।

आफ्नो परिश्रमको मूल्य पाउँ भन्दै उखु किसानहरु दोस्रो पटक माइतीघर मण्डलामा आन्दोलनरत छन् । उनीहरुले यसअघि सम्झौता भएर पनि भुक्तानी नपाएको करिब ९० करोड बराबरको रकम पाउनुपर्ने माग राखेका छन् ।

यसैबीच, किसनाको परिश्रमको मूल्य पाउनुपर्ने आन्दालनलाई विभिन्न राजनीतिक दलहरुले पनि समर्थन गरेका छन् । आमनागरिक तथा अभियन्ता र कलाकारहरुको पनि आन्दोलनमा साथ रहेको छ ।

आन्दोलनमा साथ दिनका लागि आज सोमबार चर्चित लोक दोहारी गायक तथा राट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनी माइतीघर मण्डलामा पुगेका थिए ।

पंगेनीले किसानको समर्थनमा ‘उखु लग्यो मालिकले चिनी बनाइ बेच्यो, किसानको पसिना कस्ले घिच्यो घिच्यो’ भन्दै गीत गाएका थिए । उनले ‘यो व्यवस्था चाँहिदैन, किसान मार्न पाइँदैन’ भन्दा किसानहरुले ताली बजाएका थिए ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏