काठमाडौं ।
नेपालमा पनि कालो कुखुराको चर्चा हुन थालेको छ । यसको ब्यवसायिक पालन सफल भए नभएको अध्ययन नभएपनि केही युवाहरुले नेपालमा कालो कुखुराको ब्यवसायिक खेतीको सम्भाब्यता खोजि रहेका छन् ।
यो कुखुरा एकदमै गुणकारी छ । यसको मासु पोषिलो हुने बताइन्छ यो कुखुरा आयम सेमानी जातको कुखुरा हो । यसको छाला, हड्डी तथा सबै अं’गहरु काला हुन्छन् ।
यसको मासु पनि कालो रङमा घोलिएको जस्तो हुने जनाइएको छ । यो कुखुरा विशेषगरी इन्डोनेसियामा पाइन्छन् । यस्ता कुखुरा शताब्दीयौंसम्म धार्मिक र रहस्यमय उद्देश्यका लागि प्रयोग गरिएको नेसनल जियोग्राफीले जनाएको छ ।
सन् १९९८ मा नेदरल्यान्ड्सका व्यापारीले यसलाई युरोपमा आयात गरे । यतिबेला भने यस्ता प्रजातिका कुखुरा नेदरल्यान्ड्स, जर्मनी, स्लोभाकिया र चेक गणतन्त्रमा पनि पाइन्छन् । यसको सबै अं’ग कालो हुने वैज्ञानिकहरु बताउँछन् । यस्ता कुखुराका गुणस्तर हेरेर ५० अमेरिकी डलरदेखि दाम सुरु हुन्छ ।
इन्डोनेसियामा पाइने यस्ता कुखुराहरुको मूल्य बढी हुने जनाइएको छ । वैज्ञानिकहरु यो कुखुराको सबै अं’ग कालो हुनुको पछाडीको कारण फाइब्रोमेलेनोसिस भएको बताउँछन् । यस कुखुराको जिन अव्यवस्थित भएको उपसला विश्वविद्यालय स्विडेनकी जिनिसिस्ट लिफ एन्डर्सन बताउँछिन् ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏