काठमाडौ ।
हर्रो अति औषधीय गुण भएको फल सायद धेरैले चिन्नुभएको नै छैन । यो खासगरी कमलपित्तका रोगीका लागि अति नै फाईदाजनक छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ । कागतीको रसमा हर्रो मिसाएर लगाउँदा दाद निको हुन्छ ।
यसैगरी हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा मुखभित्र आएको घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ । नियमित हर्रो खाएमा पेट सफा हुन्छ । एसिडिटी बढ्ने, पेटमा ग्यास भरिने र कब्जियत हुने समस्याबाट बचाउँछ ।
हर्रोको चूर्ण कालो नुनसँग मिलाएर खाँदा कफ निको हुन्छ । त्यस्तै, हर्रोले अनावश्यक बान्ता आउनबाट पनि रोक्छ । यो अति आवश्यकीय जानकारी अरुको जानकारीका लागि आफुले पढिसकेपछि सेयर गर्न नभुल्नुहोला ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏