कुखुरा मासुको मुल्यमा यस्तो परिवर्तन, किलोको कति पुग्यो

कृषि पोष्ट संवाददाता

काठमाडौं, २७ पुस ।

राजनीतिक दल आपसी खिचातानीमा अल्झिएपछि बजार अनुगमन सून्य भएको छ । सरकारी निकायबाट अनुगमन नहुँदा व्यापारीले कुखुराको मासुमा अस्वभाविक मुल्य बढाएका छन् । कुखुराको मासुमा एक महिनाको बिचमा व्यापारीले प्रतिकेजी १ सय ४० रुपैयाँ सम्म बढाएका छन् ।

मंसिर महिनामा उपभोक्ताले प्रतिकेजी २ सय ८० रुपैयाँमा पाउने गरेको कुखुराको मासु अहिले प्रतिकेजी ४ सय २० रुपैयाँमा किनेर खानु परेको छ । बजारमा सरकारको उपस्थित नहुँदा विचौलियाले कुखुराको मासुमा मनपरी मुल्य बृद्धि गरी उपभोक्तालाई ठगी रहेको उपभोक्ताको भनाइ छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

महर्जनले अनुगमन नभएकै कारण बजारमा विचौलियाको अराजकता बढेको बताए । विचौलियाले बजारमा कुखुराको मासुको मुल्य मनपरी बढाएर उपभोक्ता ठगेको बताए । बजार मुल्य नियन्त्रण गर्ने अधिकार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन नभएकै हुँदा बजारमा विचौलियाको अराजकता बढेको अध्यक्ष महर्जनको भनाइ छ ।

‘पछिल्लो समय होटेल व्यवसाय ठप्प छन् । पुस महिनामा कुनै विहे ब्रतबन्ध । अन्य समय भन्दा मासुको खपत पनि कम हुन्छ, । त्यसकारणले पनि अहिले कुखुराको मासुको मुल्य कम हुने पर्ने हो ।’ उनले भने, ‘ तर यहाँ उल्टो भएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏