काठमाडौं,९ माघ । लामो समयदेखि चर्चामा रहेको किसान क्रेडिट कार्ड कृषि विकास बैंकले आफ्नो स्थापनाको ५४ औँ स्थापना दिवसको अवसरमा किसान माझ किसान ल्याएको छ । यससँगै किसान एप पनि सार्वजनिक गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले कार्ड तथा एपको शुभारम्भ गरेको हुन् । उद्घाटनको क्रममा पहिलो चरणमा करिब २५ जना किसानलाई किसान क्रेडिट कार्ड तथा एप प्रदान गरिएको छ ।
किसान क्रेडिट कार्ड कृषिमा कर्जा लिने किसानहरलाई बाँड्ने भनेर राज्यले ल्याएको कार्यक्रम हो । चालु आर्थिक वर्षको मौद्रिक नीति तथा सरकारले बजेट भाषणमाफर्त कृषि कर्जा लिने ग्राहकलाई किसान कार्डका साथै एप समेत वितरण भएको कृषि विकास बैंकका ऋण तथा कर्जा विभागका प्रमुख बाबु काजी थापाले बताए ।
देशैभरी किसान के्रडिट कार्ड चाँडै बाँड्ने योजना रहेको जानकारी बैंकका ऋण तथा कर्जा विभागका प्रमुख थापाले दिए । यद्यपि, यो कार्ड एटिम कार्ड जस्तो रकम निकाल्ने कार्ड नभएको पनि उनले बताए । यस कार्डको प्रयोग क्यु आर कोर्डको प्रविधिमा चल्नेछ । जसमा उक्त कोडमा स्क्यान गरेर सामान खरिद, बिक्री तथा कर्जा लिन सकिन्छ ।
यसको लागि पहिले किसानले बैंकमा कर्जा स्वीकृति लिनु पर्ने हुन्छ । कर्जा स्वीकृति पश्चात बैंकले उक्त कार्डमा निर्धारित रकम लोड हुने गर्छ । कार्डको प्रयोगसँगै खरिद बापत लागेको रकम किसानको कार्डबाट घट्ने र बिक्रेताको खातामा जम्मा हुन्छ । यसरी किसान क्रेडिट कार्ड संचालनको लागि देशभर आवश्यक उपकरण पनि चाँडै पु¥याउने योजनामा बैंक रहेको ऋण तथा कर्जा विभागका प्रमुख थापा बताउँछन् । गाउँ–गाउँमा कृषि कर्मको आवश्यक पर्ने हरेक क्षेत्रमा उक्त कार्डको प्रयोग हुने पनि उनले थपे ।
यसका साथै, किसान एपमार्फत भने किसानले कृषिसम्बन्धी हरेक किसिमका जानकारी प्राप्त गर्ने छन् । किसान कार्ड र एप अन्तरसम्बन्धित भएको कारण कार्ड लिएका किसानको प्रोफाइल उक्त एपमा हुनेछ । बैंकले एप प्रयोगको लागि प्रयोगकर्ताको नाम र पासवार्ड व्यवस्था गरेको छ ।
तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏