गाेरखा, २ चैत्र ।
शहिदलखन गाउँपालिका गाेरखाले पालिका भित्र रहेका बाख्रा पालक किसानहरुका लागि उन्नत जातकाे वाेयर व्याड बाेका वितरण गरेकाे छ । गाउँपालिका अध्यक्ष रमेश थापा मगर देखि ले वडा नम्वर १ देखि ९ सम्मका १४ जना किसानहरुलाइ ७५ प्रतिशत अनुदानमा वाेयर बाेका आज हस्तान्तरण गरेका छन् ।
प्रति बाेका ६३ हजार लागत रहेकाे र २५ प्रतिशत रकम किसान आफैले लगानि गरेका शहिदलखन स्थित पशु सेवा शाखाले जनाएको छ । उन्नत जातकाे बाेका पाएपछि किसानहरु खुशि हुदै घर गएका छन् ।गाउँपालिकाले किसानहरुकाे हितमा काम गरिरहेकाे किसान प्रकाश लामिछाने बताउँछन् ।
आरुघाट गाउँपालिकाद्वारा किसानलाइ दुध दिने उन्नत गाइ वितरण
किसानहरुकाे बालीनालि सखाप पार्ने बाँदर धपाउन केही समय अघि किसानहरुलाइ बन्दुक वितरण गरेकाे आरुघाट गाउँपालिकाले शुक्रबार किसानहरुलाइ उन्नत जातकाे गाइ वितरण गरेकाे छ ।
गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशतमा उन्नत जातको गाई बितरण गरेकाे हाे । गाइकाे मुल्य अनुसार प्रत्येक किसानहरुका लागि ५० हजार सम्म अनुदान रकम प्रदान गरिएकाे आरुघाट गाउँपालिका पशु शाखाका प्रमुख इन्द्रहरी खनालले बताए । पालिकाले १० वटा गाइ वितरण गर्ने लक्ष्य लिएकाे र ६ वटा वितरण गरिएकाे खनालले बताए ।
उन्नत जातका जर्सि गाइ वितरण पछि पालिकामा दुधकाे उत्पादन बढ्ने र यसले बजारकाे मागलाइ पूरा गर्दै जाने गाउँपालिका अध्यक्ष पूर्ण बहादुर दाहालले बताए । दुध उत्पादन बढाएर दुध बजार क्षेत्रमा बिक्री गर्ने दुग्ध उद्याेग सञ्चालन गर्ने गाउँपालिकाकाे लक्ष्य रहेकाे उनकाे भनाइ छ । यस अघि किसानहरुलाइ राँगाे पालनका लागि अनुदान दिइएकाे उनले बताए । बाँदर धपाउने बन्दुक देखी दुध दिने गाइ वितरण गर्ने पालिकाे गाेरखामा नै पहिलाे रहेकाे उनले बताए । काम गर्ने किसानहरुका लागि सहयाेग गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने उनले बताए ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏