प्रधानमन्त्रीको प्रश्न, ‘मिल्क होलिडे भनेर गाई भैसी दुध नदिई बस्छन् ?’

कृषि पोष्ट संवाददाता

काठमाडौं, १ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मिल्क होलिडे’ हुन नहुने बताएका छन् । किसानले उत्पादन गरेको दूध किन्न सक्दैनौँ भन्ने नियतले हप्तामा एक दिन दूध किन्दैनौ भनेर सिँधै भन्न नसकेर अंग्रेजीमा मिल्क होलिडे भन्ने गरिएकोप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाएका हुन् ।

‘मिल्क होलिडे भनेको किसानलाई दुध पोख भन्या त हो नि, किन मिल्क होलिडे ?’ प्रधानमन्त्रीले प्रश्न गरे, ‘गाईले, भैसीले शनिबार, बिदा, होलिडे भन्ने कसरी थाहा पाउँछ ?, आज होलिडे हो भनेर गाईले भैसीले दुध नदिई बस्छ ?’

मासुजन्य उत्पादन, धुलो दूध, अण्डा र बटरमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्रीले दुधको उत्पादन बढी भएको अवस्थामा खपत बढाउन चलकेट, मिठाई जस्ता परिकार बनाएर ब्राण्डिङ गर्दै निर्यात गर्नुपर्ने भन्दै यसका लागि सरकारले सहयोग गर्ने बताए ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏