चाहे सागसब्जीको कुरा गरौ वा फलफूलको, मौसम अनुकुल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ । लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पाकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रुपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।
१. एक अध्ययनबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बि’षालु त’त्वलाई ह’टाउँने क्ष’मता राख्छ । भिन्डी क्या न्सरमा फाइदाजनक हुन्छ ।
२. भिन्डीमा प्रोटीन, क्याल्शियम, वोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फो’स्फोरस जस्तो स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।
३. भिन्डीको प्रयोगले के’स लामो सामयसम्म कालो र घना हुन्छ । भिन्डीको से’वन मात्र होइन, यसलाई ससना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मु’लायम बनाउँछ ।
४. भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बो’सो लाग्दैन र तौ’ल नियन्त्रण हुन्छ ।
५. हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाईलाई एनी’मियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।
६. यसमा रहेको फा’इबरले क’ब्जियतको समस्या हटाउन सहयोग गर्छ ।
७. भिन्डीले ब्लडमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहका रो’गीलाई भिन्डी सेवन उपयोगी हुन्छ । यो पनि पढ्नुहोस्। बेसारमा छालाको रोगबाट लड्ने गुण हुने भएकोले छालामा देखिने विभिन्न समस्या बेसारको प्रयोगद्वारा हटाउन सकिन्छ । यही बेसारले नै अनुहार र छालामा देखिने विभिन्न समस्याहरूको समाधान गर्न सक्छ ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏