खाली पेटमा कालो अंगुर खानुस् यी ५ घातक रोगबाट बचाउछ , कुन कुन रोग हो ?

कृषि पोष्ट संवाददाता

गर्मी मौसम बढेसँगै शरीरलाई स्वस्थ र चुस्त बनाइराख्न खानेकुरा साथै स्वास्थ्यको विशेष रुपमा ध्यान दिनुपर्दछ । यो मौसममा खानेकुराका साथै विभिन्न फलफूलहरुको आवश्यकता पर्दछ । जसमध्ये गर्मी मौसमको धेरै उपयोगी फल कालो अंगर पनि एक हो । कालो अंगुरमा भिटामिन, पोटासियम, क्यालसियम,आइरन जस्ता तत्वहरु पाइन्छ । तसर्थ कालो अंगुरको सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

यस्ता छन् कालो अंगुर खानुका फाइदाहरु :

माइग्रेन
माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ ।

रक्ताल्पता
शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ ।

हृदयघात
हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।

क्यान्सर
अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

रक्तस्राव
शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।

फोकाफोकी
अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ ।

एजेन्सी

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏