बट्टाईको अन्डा : बच्चादेखि वृद्धसम्मको स्वास्थ्यवर्द्धक खुराक

कृषि पोष्ट संवाददाता

आरबी बुढाथोकी

नेपालमा बट्टाई पालन निकै फास्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक खुराक मानिन्छ।

बट्टाई कुखुरा जस्तै खोरमा थुनेर पालिन्छ। एक वर्गमिटर ठाउँमा करिब ५० वटा बट्टाई पाल्न सकिन्छ। एउटा वयस्क बट्टाईले एक दिनमा २५ ग्राम जति दाना खान्छ। बट्टाईले एक दिनमा प्राय: ५० मिलिलिटर जति पानी पिउँछ। हाल नेपालमा बट्टाईको लागि दाना उपलब्ध छैन, यसलाई कुखुराकै दाना दिएर पाल्न सकिन्छ।

ब्रोइलर बट्टाईलाई करिब ४५ दिनको उमेरमा बिक्री गरिन्छ। बट्टाइलाई कुखुराको जस्तो रोगहरू लाग्दैन। बट्टाई फेजियानिडी परिवार भित्र पर्छ, जसमा डाँफे, मुनाल, च्याखुरा, कालिज, पिउरा, तित्रा मात्र होइन, लुइँचे र कुखुरा पनि समावेश छन्। यी चरा जमिनमा नै चहार्ने स्थलचर प्रकृतिका हुन्छन्। आहारा खाँदा खुट्टाले खोस्रने र चुच्चोले टिप्ने साझा बानी हुन्छ। आफ्नो बचाउ गर्न तेजले दगुरेर झाडीभित्र लुक्ने चुलबुले स्वभावका हुन्छन्। बट्टाई हाम्रो मुठ्ठीभित्र टम्म अटाउने सानो चरा हो। गौँथली वा चिबे जस्तै आकाशमा धेरैबेर उडेर बस्न सक्तैन। एक बेग हानेपछि जमिनमा हवाईजहाज ओर्लिएझैं कुद्न थाल्छ। यो चरालाई आकाशभन्दा स्थल नै प्यारो लाग्छ।

भाले बट्टाई पोथीका लागि जुध्छ। यो दानाका लागि समेत जुध्ने गर्छ। ‘मानिस लड्छ खानामा, बट्टाई लड्छ दानामा’ भन्ने उखान नै छ। भाले-भालेको इर्ष्या, प्रतिस्पर्धा र जुधाइ बट्टाईको लडाइँमा पनि देख्न सकिन्छ। चराको छनोटमा बट्टाई बाजहरू कन्ठको त्यही कालो बुट्टा नियालेर आफ्नो निर्णय लिन्छन्।

नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन्। तीमध्ये ‘कमन क्वेल’ बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ। आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दै छ तर लडाउने सोख लोप भइसक्यो भन्दा हुन्छ। बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जिएजेनथिन लगायतका तत्व पाइन्छ। यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ। बजारमा पाइने बट्टाईको अन्डामा अन्य पक्षीको अन्डामाभन्दा धेरै पौष्टिक आहार पाइने गरेको छ।

दम, निमोनिया, रुघाखोकी र ग्याष्ट्रिक कन्ट्रोल गर्न बट्टाईको अन्डाले सहयोग गर्ने पक्षी विज्ञहरु बताउँछन्। त्यस्तै, सुगर र उच्च रक्तचाप पनि यसले घटाउने काम गर्छ। शरीरिक वृद्धि तथा स्मरण शक्ति बढाउन, रोगप्रतिधात्मक क्षमता वृद्धि गर्न र शरीरमा रहेका चोटपटक चाँडो निको पार्न बट्टाईको अन्डा खानाले सहयोग गर्ने गर्छ।

वयस्क बट्टाई चराको तौल १२०-३०० ग्राम हुन्छ। यो चरा करिब ४५-६० दिनको उमेरमा वयस्क हुन्छ। बट्टाईको पोथी भालेभन्दा केही ठूलो हुन्छ। प्रायः पोथीले ६-७ हप्ताको उमेरमा अन्डा पार्न सुरु गर्छ। फूल बिहान पख पार्छ। एउटा पोथीले एक वर्षमा २५०-३०० वटासम्म फूल पार्छ। बट्टाईको फूल केही खैरो रङको, छिर्केमिर्के विभिन्न रङका हुन्छन्। एउटा फूल करिब १० ग्राम तौलको हुन्छ। चल्ला कोरल्नका लागि फूल उत्पादन गर्ने हो भने प्रतिभाले दस पोथीका दरले राख्नु पर्छ। फूलबाट १५ दिनमा बच्चा कोरल्छ। बट्टाई जंगली पक्षी भए पनि प्रविधिले कुखुराजस्तै पाल्न मिल्ने बनाइसक्यो। बट्टाईको चल्लालाई प्रतिगोटा १५० देखि २ सय रुपैयाँ सम्ममा बिक्री गर्न सकिन्छ। मासु खान चाहनेका लागि एउटा बट्टाईको १५० देखि १८० रुपैयाँसम्म पर्छ।

किन खाने बट्टाईको अन्डा ?
साधारणतया: बट्टाइको अन्डा ९ देखि १० ग्राम हुने हुँदा यसमा १४ किलो क्यालोरी पाइन्छ। जसमा सोडियम, कोलेस्टेरोल, भिटामिन, प्रोटिन, चिल्लो पदार्थ र आइरन पाइन्छ। बट्टाईको अन्डाको साइज जति सानो हुन्छ, त्यति नै धेरै पौस्टिक तत्व बोकेको हुन्छ। बट्टाईको अन्डा नियमित रुपमा खाँदा धेरै नै फाइदा पुग्छ। झन् बुढाबूढी र बालबच्चाका लागि त अमृतसरह नै मानिन्छ।

बट्टाईको अन्डाले मस्तिष्कको विकास गराउँछ। यसमा आइरन पर्याप्त हुने हुँदा रेड ब्लड सेल उत्पादन भई अनेमिया हुनबाट बच्चाउँछ र महिलाको लागि अति राम्रो मानिछ। शरीरमा रहेको रगत सफा गर्न मद्त पुर्यारउँछ। बट्टाईको अन्डामा पर्याप्त प्रोटिन हुने हुँदा शरीरिक विकासका लागि यो आवश्यक तत्व मानिन्छ। एक अध्ययनअनुसार बट्टाईको अन्डाले डाइबिटिजका बिरामीलाई पनि निकै फाइदा पुर्यालउँछ। स्वस्थ शरीरको स्किनका लागि पनि यो अति नै उपयोगी सावित छ। शरीरमा शक्ति उत्पादन गरी उत्साह जगाउन पनि उपयोगी छ। तन्दरुस्त शरीरका लागि पनि बट्टाईको अन्डाले एक मसल बिल्डर रुपमा काम गरेको हुन्छ।

आँखाको भिजन र स्वास्थ्य कपालका लागि पनि राम्रो मानिन्छ। मुटुसम्बन्धी समस्या हुनेका लागि पनि बट्टाको अन्डा उपयोगी सिद्ध छ। हड्डीको विकास र कोलेस्टेरोल लेबलका लागि पनि राम्रो मानिएको छ। दाँतको समस्या हुने र डिप्रेसनका बिरामीका लागि पनि अमृत सरह मानिन्छ। अन्य अन्डा जस्तो बट्टाईको अन्डाले कुनै एलर्जी नहुने हुँदा जोकोहीले खान मिल्छ। यौनसम्बन्धी समस्या हुनेलाई अति उपयोगी र टिबी रोग लाग्नबाट जोगाउन मद्त गर्छ। अल्सर हुनेका लागि पनि अति नै राम्रो मानिछ बट्टाईको अन्डा।

शरीरमा भएको अनावश्यक टक्सिन निकाल्ने, किड्नी, लिभर र गलब्लाडरलाई उपयोगी मानिनुका साथै यसले रोगप्रतिधात्मक क्षमता वृद्धि गर्न र शरीरमा रहेका चोटपटक चाँडो निको पार्न मद्दत गर्छ। दम, निमोनिया, रुघाखोकी र ग्याष्ट्रिक कन्ट्रोल गर्न बट्टाईको अन्डाले सहयोग गर्ने पक्षी विज्ञहरु बताउँछन्। व्यायाम गर्नेहरुको शारीरिक विकासका लागि अति नै उपयोगी हुन्छ। बाथ र दमका रोगीहरुलाई उपयोगी हुन्छ। बच्चाको पौष्टिक, बौद्धिक तथा शारीरिक र मानसिक विकासको लागि फलदायी हुन्छ। विभिन्न रोगको दबाइ गर्नुभन्दा नियमित रुपमा बट्टाईको अन्डा सेवन गर्नसक्यो भने चमत्कारी परिवर्तन ल्याउँछ।

बट्टाईको अन्डा कसरी खाने?
साधारणतया: बट्टाईको अन्डा काँचो खाँदा राम्रो मानिछ, किनकी यसमा जति पोस्टिक तत्व काँचोमा हुन्छ, त्यति पाकेकोमा हुँदैन। काँचो अन्डा खाँदा खासै स्वाद नहुने हुँदा सुन्तला, आँप या भुइँकटहरको जुसमा फिटेर खाँदा राम्रो मानिन्छ तर अन्डा भने ताजा हुन जरुरी छ।

बट्टाईको अन्डामा कुखुराको भन्दा चार गुणा ज्यादा प्रोटिन हुने हुँदा यसका विभिन्न परिकार बनाएर खान सकिन्छ। बट्टाईको अन्डाबाट विभिन्न सुप, सलाद, मेन कोर्स र क्यानपी, स्टुहरु बनाउन सकिन्छ। यसलाई उसिनेर बिहानको खाजाको रुपमा पनि लिन सकिन्छ। यसलाई अम्लेट या पोच गरेर पनि सहज रुपमा खान सकिन्छ।

बट्टाईको अन्डाको सलाद पनि विस्वभर निकै प्रसिद्ध छ। खानालाई सजाउन पनि बट्टाईको अन्डा अति उपयोगी मानिन्छ। पाँचतारे होटलहरुमा बट्टाईको अन्डाको विभिन्न परिकार मेनुमा समावेश गरिएको हुन्छ। स्वास्थ्यका हिसाबले निकै उपयोगी हुने हुँदा ग्राहकको माग ज्यादा हुने गर्छ।

बट्टाईको अन्डा उसिन्दा २ मिनेट मात्र पानी उमाल्नु राम्रो हुन्छ। अन्डा ताजा हो कि होइन भनेर चिन्न चिसो पानीमा डुबाउनुपर्छ। यदि डुबेमा ताजा र नडुबेमा बासी मानिन्छ। बट्टाईको अन्डा किन्दा ताजा छानेर मात्र किन्नुपर्छ र बहिरी सेललाई सफा गरेर मात्र फ्रिजमा सुरक्षित तबरले राख्नुपर्छ। फुटेको अन्डा कहिले पनि किन्नु हुँदैन्न।

यदि अन्डालाई रुम तापक्रममा राख्ने हो भने लामो समय टिक्दैन, त्यसैले फ्रिजमा सुरक्षित मानिन्छ। विदेशमा बट्टाईको अन्डा उसिनेर छोडाएको र प्रिजरभेटिव रुपमा पानीमा डिप गरी क्यानमा प्याक गरिएको पनि प्रशस्त पाइन्छ, जुन कमर्सियल किचनमा प्रयोग गरिन्छ।

(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सु-सेफ हुन्)

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏