यो झार चिन्नुभएको छ ? जसले दिन थाल्यो मासिक ५० हजार कमाई ! कसरी कमाउने त?

कृषि पोष्ट संवाददाता

काठमाडौ ।

जागर र पौरखमा सिप घुलाउन सके सुन बनाउन सकिन्छ । आफ्नै माटोलाई पगालेर मोती बनाउँन सकिन्छ । नेपाल सम्भावना नै सम्भावना भएको देश हो ।

यसैले हामी आज हाम्रा भीर पाखाबाट कसरी आम्दानी गर्न सक्छौ भन्ने जानकारी दिँदैछौ । अर्गानिक वल्र्ड प्रा।लीले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ ।

कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ । गाउँमा तयार भएको चारकोल किसानहरुले सजिलै बेच्न सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्धि भइरहेको छ ।

केही बर्ष अघिसम्म रोजगारी खोज्न शहर बजारमात्र होइन विदेश जान भन्दै काठमाडौंका मेनपावर कम्पनी धाउने कोशिपारीका स्थानीयहरु यतिखेर भने वनपाखाको काँडा, बनमरा पोल्नमै व्यस्त छन् ।

वनमा रहेका काँडा, उन्यू र झारपातहरु पोलेरै मासिक ५० हजार रुपैयाँ सम्म कमाई हुने भएपछि यूवाहरु अरु छोडेर झाँडी पोल्न लागेका हुन् ।काभ्रे कोशीपारीका ६५ बर्षिय बाबुराम तामाङ दैनिकजसो पाखामा काँडा काटिरहेको अवस्थामा भेटिन्छन् ।

बारीमा लगाएको मकै, दुम्सी र बदेलले छिनमै स्वा,हा बनाउने तामाङलाई केहीबर्ष अघिसम्म दैनिक छाक टार्न मुस्किल पर्ने गर्दथ्यो ।‘ अहिले उनको अवस्था यहि झार बेचेर राम्रो रहेको छ

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏