गोलभेडा खेती गर्ने उत्तम तरिका

कृषि पोष्ट संवाददाता

परापूर्वकालमा गोलभेडालाई गरिबको सुन्तला भनेर नामाकरण गरिएको थियो त्यसैले होला अहिले पनि कृषि प्राविधिक तथा कृषि विशेषज्ञहरु माझ गरिबको सुन्तला भनेरै प्रख्याती छ । यद्यपी समय परिर्वतन भएको छ । अब धनी र गरिबको प्रमुख खाने वस्तुको रुपमा लिनु पर्छ । गोलभेडामा भिडामिन सी मा मात्रा बढी पाइन्छ यसैले यसको सेवन मानव स्वास्थ्यको लागि आवश्यक छ ।
गोलभेडा नेपाली भान्सामा मात्र नभएर विश्वको कुनैपनि भान्सामा पाक्ने तरकारी हो । गोलभेडाको प्रयोग बिना तरकारी खल्लो हुने हुनाले पनि यसको महत्व बढी नै छ । मासु, तरकारी र अचारमा यसको प्रयोग गरिन्छ । यसको व्यवसायिक खेती गर्न धेरै रोपनी जग्गा आवश्यक पर्छ । तर यहाँ हामीले थोरै भाँडोमा पनि पारिवारिक प्रयोजनका लागि कसरी उत्पादन गर्न सकिन्छ भन्ने ज्ञान बारे छलफल गर्दछौँ ।

लगाउन सकिने समय
तराईमा भदौ र असोजको समयमा र मध्य पहाडमा फागुन र चैत तिर र उच्च पहाडमा बैशाख जेठ तिर यसको खेती गर्न सकिन्छ । कौशी खेतीको रुपमा काठमाडौँ उपत्यका र यसको आसपास १२०० देखि १५०० मीटर उचाई भएको शहर बजारमा बाह्रै महिना खेति गर्न सकिन्छ ।

जातहरु
सिर्जना जातको गोलभेडा एकदमै लोकप्रिय छ । अर्को कोरियाबाट आएको उन्सरी स्याउ जस्तो ठूलो फल्ने जातले पनि मासिलाई लोभ्याउँछ । मनप्रेकस जात पनि नेपालमा प्रचलनमा आएको जात हो । अहिले हाइब्रिड जातहरु बढी लोकप्रिय छन् ।

खेती गर्ने तरिका
व्यावसायिक रुपमा गरिने खेती र कौशी खेती गर्ने तरिका बीच फरक छ । यहाँ कौशी खेतीको बारेमा मात्र उल्लेख गरिएको छ । मल, माटो र बालुवाको मिश्रणलाई गमला वा प्लाष्टिक थैला, बोरा वा काठको भाँडोमा भर्ने र त्यसमा तयारी बेर्ना राख्नुपर्ने आवश्यकता छैन । यदि लहरा पठाउने किसिमले फलाउने हो भने एउटै गमलामा दुई बोट रोप्ने हैन भने एउटा गमलामा एक बोट मात्र रोप्ने ।

आवाश्यक सामाग्री
गमला २० ओटा वा अन्य खाले भाँडो २० ओटा, बेर्ना वा बिउ ३०–४० दाना, माटो २० गमलाको लागि १३ बोरा, मल २० ओटा गमलाको लागि ५ बोरा, थाक्रा २० ओटा गमलाको लागि ४० ओटा, डोरी बाँध्नलाई १ किलो, पानी आवश्यकता अनुसार

बाली संरक्षण
गोलभेडाको बेर्ना नाराखीकनै गमलामा २ वा ३ ओटा बिउ रोप्ने र माटो चलाई दिने यदि कुनै गमलामा सबै बिरुवा उम्रन सक्छ र कुनै नउम्रिन सक्छ यदि त्यसो भयो भने उम्रेको गमलामा बेर्ना र नउम्रेको गमलामा सार्नु पर्ने हुन्छ । आवश्यता अनुसार बेला बेलामा पानी दिँदै जानुपर्ने हुन्छ । बीउ राखेको र बेर्ना सारेको बेलामा भने विशेष पानी दिनै पर्छ ।

लहरा फलाएर पठाउने हो भने बीच बीचमा आएका मुन्टालाई झिकेर फाल्नुपर्ने हुन्छ र मुख्य टुप्पा मुन्टालाई मात्र बढ्न दिनुपर्ने हुन्छ । डोरीको सहायताले यसलाई लामो बनाउन सकिन्छ । लहरा नपठाउने हो भनेपनि भाटा र काठको लठ्ठीले थाक्रा दिनुपर्दछ ।
गोलभेडा रोपेको ६०–६५ दिनपछि नै फल लिन सकिन्छ ।

रसायनिक मल र विषादी

यो थोरै मात्रामा कौशीमा गरिने खेती भएकाले रासायनिक मल तथा बिषादी प्रयोग गर्नु हुँदैन । थोरै भएकाले रोग तथा किरा लागेर मरेपनि बढी नोक्सान नहुने भएकाले विषादी र रासायनिक मल प्रयोग नगर्ने यो अर्गानिक तरिकाको उत्पादन पनि हो ।

किराहरु लागेमा हातैले नष्ट गर्ने र रोगहरु लागेमा बाली लिइसकेपछि बोटहरु उखेलेर जलाई दिने त्यही गमलामा फेरि गोलभेडा नरोप्ने त्यस गमलामा काउली , बन्दा, सिमी लगायतका अन्य तरकारी रोप्न सकिन्छ । यदि घरमा खान नसक्ने उत्पादन भएमा नजिकको पसलमा बिक्रि गर्न समेत सकिन्छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏