औषधिय गुणले भरिपूर्ण रातो च्याउ खेती प्रविधि

कृषि पोष्ट संवाददाता

परिचय

सामान्यतय बजारमा पाईने च्याउभन्दा फरक रंग र औषधिय गुणले भरिपूर्ण रातो रंगको च्याउलाई नेपालीमा रातो च्याउ भनिन्छ । अंग्रेजीमा Reishi Mushroom Manentake र जापानिज भाषामा पनि रेशी (Reishi) भनिन्छ । यसको वैज्ञानिक नाम Ganoderma हो । यसको डाठ काली रंगको हुन्छ । कुनै कुनै च्याउको छाता गाढा रातो रंगको पनि पाईएको छ । यस च्याउ समुद्री सतहबाट एक हजार मिटर देखि अठ्ठार सय मिटर उचाइ भएका पहाडी भुभाग भएका जंगलमा उम्रेको पाईएको छ । यो काठमाण्डौ उपत्यकाका फूल्चोकी, शिवपुरी, नागर्जुन, सुन्दरीजल, चन्द्रागिरी, लेले, सूर्य विनायक तथा उपत्यका बाहिर टिष्टुङ्ग, पालुङ्ग, दामन आदी ठाउँमा पनि पाइएको छ । यसलाई जंगलबाट संकलन गरि ल्याएर त्यसैबाट बीउ तयार गरी यसको खेती र अनुसन्धान भईरहेको छ । नेपालमा पनि यसका नेपाली, जापानिज, फिलिपिनी र बेल्जीयम जातका रातो च्याउको केही मात्रामा खेती भइरहेको छ । कतै कतै व्यवसायिक रुपमा पनि खेती भई रहेको छ । केही मात्रामा काठमाण्डौ उपत्यकाका बजारमा यस च्याउ बिक्री वितरण भएको पनि पाइएको छ । यसको बजार मुल्य अरु च्याउको तुलनामा महगोमा बिकि भइरहेको पाइएको छ । बजारकोमा यसको माग बढी रहेको पाइएको छ ।

रातो च्याउको उपयोगिता (महत्व)

यस च्याउको महत्व भनेको यो औषधिका रुपमा प्रयोग गरिन्छ । यो तरकारी खाने नभई विभिन्न रोग निको पार्नका लागि सेवन गरिन्छ । यसको स्वाद तितो हुन्छ । त्यसैले यस च्याउको सेवनले उच्च रक्तचाप भएका विरामीलाई उच्च रक्तचापलाई घटाउन मद्दत गर्दछ । ट्यूमर निरोधक क्षमता बढाउँदछ, क्यान्सर रोग हुनबाट जोगाउँछ, रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ, पाचन शक्ति बढाउँछ, अरुचि घटाउँदछ, यौन बर्द्धन पनि मानिएको छ । Oxidation बाट पैदा हुने Peroxide बाट हुने कलेजो वा प्यानक्रिया आदिको कोषको संरक्षण गर्दछ । प्रोटिज (Protease), गानोर्डरिक अम्ल (Ganoderic acid) मा मानिसको रगत जमाउने कार्यमा कमि ल्याउने वा जम्न नदिने क्षमता रहेको छ ।

हावापानी

यसको खेती २२ देखि ३१ डि से तापक्रम भएको ठाउँमा गर्न सकिन्छ तर उपयुक्त तापक्रम २५ देखि २८ डि.से र सापेक्षिक आर्द्रता ८० देखि ९५ प्रतिशत हुनु पर्दछ बढी तापक्रम भएमा रोग कीरा लाग्ने सम्भावना हुन्छ । खेती गर्ने ठाउँ बढि ओसिलो हुनु आवश्यक छ ।

खेती गर्ने सरल तरिका

यस च्याउको खेती काठको धुलोमा धानको परालमा र काठको मुढामा गरी तीन किसिमले गर्न सकिन्छ यहाँ काठको मुढामा खेती गर्ने तरिका बारे बताइने छ ।
यस रातो च्याउको खेती जुनसुकै काठको मुढामा गर्न सकिदैन, तर हाम्रै गाउँघरमा सजिलैसंग प्राप्त हुन सक्ने उत्तिस काठको मुढामा यस च्याउको खेती गर्न सकिन्छ रुख ८ देखि १० वर्ष जति उमेरको हुनु पर्दछ रुखलाई पालुवा आउनु अगाडि अर्थात कात्तिक मंसिरमा काट्नु पर्दछ । काठको मुढाको लम्बाइ १५ से.मी. र गोलाई करिब २० देखि २५ सेमी आवश्यक छ । यसरी तयार पारिएको काठको मुढालाई प्लाष्टिकको झोला (कन्य च्याउ रोप्ने झोला जस्तो) भित्र राखी प्लाष्टिकको झोलाको मुख बाँधेर ड्रममा कन्य च्याउको पराल बफ्याए जस्तै गरि बफ्याउनु पर्दछ बफ्याउँदा ड्रमको बाहिरी भागमा हातले छुन नसकिने तातो हुनु पर्दछ । करीव ३ देखि ४ घण्टा समय लाग्दछ ।

काठको मुढालाई बफ्याए पछि चिसो बनाउनका लागि सुरक्षित स्थानमा राख्नु आवश्यक छ काठको मुढा चिसो भएपछि प्लाष्टिकको मुख खोली रातो च्याउको बीउ सुरक्षित साथ छर्नु पर्दछ काम गर्ने व्यक्ति, स्थान आदि सफा हुनु अति आवश्यक छ बीउ छरिसके पछि सफा २० देखि २५ डि से तापक्रम भएको कोठामा मुढामा ढुसी फैलाउन राख्नु पर्दछ । करिब अढाई महिनामा काठको मुढामा इसी फैलिई सक्दछ ढुसी फैलिई सकेपछि प्लाष्टिकको झोला हटाई काठको मुढालाई माटो भित्र गाड्नु पर्दछ। माटो भित्र गाडेको २ देखि ३ महिना भित्र च्याउ उम्रन शुरु गर्दछ । च्याउ उमार्ने ठाउँमा सापेक्षित आर्द्रता ९० प्रतिशत भन्दा माथि भएको र उज्यालो हुनु आवश्यक छ ।

पौष माघमा यस च्याउको बीउ रोपेमा जेष्ठ(आसाढमा च्याउ उत्पादन शुरु हुन्छ वर्षमा २ बाली लिन सकिन्छ उत्पादत्क पनि राम्रो देखिएको छ । करीब १५-३० प्रतिशत हुन्छ । बजार मूल्य पनि उचित देखिएको छ । सुकाएर लामो समयसम्म यसको भण्डार ९राख्न० गर्न पनि सकिन्छ प्रति कि ग्राम तीनहजार देखि चार हजार रुपैयाँसम्ममा बिक्री भएको पनि पाईएको छ ।

तर रोग, कीरा र जंगली ढुसीले सजिलै आक्रमण गर्न सक्ने भएकाले यस रातो च्याउको खेती गर्दा विशेष ध्यान पुर्याउनु पनि त्यत्तिकै अति आवश्यक छ ।
स्रोत :- नेपाल कृषि अनुसन्धान परिषद

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏