दोरम्बा शैलुङ्ग गाउँपालिकाको आलु प्रचण्डलाई कोसेली

कृषि पोष्ट संवाददाता

काठमाडौं, २७ साउन ।

दोरम्बा शैलुङ्ग गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोसेलीको रुपमा आलु उपलब्ध गराएको छ । गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले आज प्रचण्ड निवास खुमलटारमा पुगेर कोसेली आलु उपलब्ध गराएकी हुन् ।

उपाध्यक्ष घिसिङले गाउँपालिकाभित्र पछिल्लो समयमा आलु उत्पादनमा उत्साहजनक रुपमा बृद्धि भएको बताउदै गाउँपालिकाभित्र उत्पादित आलु अध्यक्ष प्रचण्डलाई कोसेली स्वरुप उपलब्ध गराइएको रामेछाप न्युजलाई बताइन । भेटमा अध्यक्ष प्रचण्डले स्थानीय सरकारले कृषि क्षेत्रको विकासमा जोड दिनुपर्नेमा आग्रह गरेको उनले जानकारी दिइन । दोरम्बा शैलुङ्ग गाउँपालिकाभित्र बार्षिक रुपमा ८० हजार मेट्रिटन भन्दा बढी आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाभित्रका किसानको मुख्य आय स्रोतको रुपमा आलु खेसी सञ्चालन हुँदै आएको छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏