सोच्ने नसक्ने गरी ह्वात्तै बढ्यो तरकारीको मुल्य

कृषि पोष्ट संवाददाता

काठमाडौं, २२ भदौं ।

हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ ।

भिन्डी, लौका, घिउसिमी, स्थानिय काउली, घिरौंला, चिचिन्डो, भन्टा, करेलालगायत हरियो तरकारीको मूल्य बढेको पाइएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार १ साताअघि प्रतिकिलो २० रुपैयाँ रहेको घिरौंलाको मूल्य शनिवारसम्ममा १ सय ७४ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।

यसअघि २५ रुपैयाँ प्रतिकिलो रहेको तितेकरेलाको मूल्य अहिले १ सय २३ प्रतिशतले वृद्धि हुँदै ५५ रुपैयाँ प्रतिकिलो कायम भएको छ । भिन्डीको मूल्य १ सय २० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ३० रुपैयाँबाट ६६ रुपैयाँ निर्धारण भएको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏