भन्सार छलीको १६० बोरा चिनी बरामद

कृषि पोष्ट संवाददाता

सुनसरी, १२ असोज ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले भारतबाट भन्सार छली नेपाल भित्र्याइएको १६० बोरा चिनी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले कोसी गाउँपालिका १ भित्री सडकअन्तर्गत को१ख ५२१५ नम्बरको मिनी ट्रकमा लोड गर्दै गरेको अवस्थामा उक्त चिनी बरामद गरेको हो ।

बरामद गरिएको चिनीसहित ट्रकलाई भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा पठाइएको प्रहरीले जनाएको छ ।ट्रक चालक सिन्धुली कमलामाई नगरपालिका(४ बस्ने ४८ वर्षीय विरोध लामिछाने पक्राउ परेका छन् ।

भन्सार छलेर ल्याइएको ७५ लाखभन्दा बढीको औषधी बरामद

सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाखभन्दा बढी मूल्यको औषधी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिबार बिहान लहान–ठाँडी सडकअन्तर्गत लहान नगरपालिका–१९ कटहाचौकबाट लु१स ८००७ नम्बरको अट्टोसहित ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको भन्सार छलेको औषधी बरामद गरेको हो।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏