रोपेको ६ बर्षपछि महंगो फल म्याकाडामिया नट फलेसँगै पोखराबासी खुसी

कृषि पो्ट संवाददाता

काठमाडौं, १ कात्तिक ।

गण्डकी र पोखरा महानगरपालिका–१७ स्थित रातोपैह्रा सामुदायिक वनमा म्याकाडामिया नट फलेको छ । वन समूहले परीक्षणका लागि लगाएको बिरुवाले रोपेको ६ वर्षपछि फल दिन थालेको छ ।

पातको छेउमा लहरै मिलेको काँडेधार र फलको बाहिरी भाग कडा हुने हुँदा बाँदरले खान नसक्ने र हाँगाको तल्लो भागमा झुण्डिएका लहरामा फल लाग्ने हुँदा माथिल्लो भागमा परेको असिनाले समेत खासै क्षति नगर्ने म्याकाडामिया नट यतिखेर सामुदायिक वनमा रुखभरी झुप्पाझुप्पा फलेका छन् ।

बिरुवा रोपेको पाँच वर्षमै फूलफुले पनि फल भने नलागेको र त्यसपछिका वर्षमा लटरम्म फल दिन सुरु गरेको रातोपैह्र्रा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष टीकाबहादुर द्वारेले जानकारी दिए ।

बोटले लामो समयसम्म उत्पादन दिनुका साथै फल बिक्रीबाट मनग्य आम्दानी लिन सकिने र उत्पादन घटेपछि यसको बोटलाई काठको रुपमा प्रयोग हुने सामुदायिक वन क्षेत्रमा म्याकाडामिया नटको विस्तार गर्नु आवश्यक छ ।

समशितोष्ण हावापानीको क्षेत्रमा उत्पादन हुने म्याकाडामिया नटको फलमा प्रोटिन, क्याल्सियम, फोस्फोरस, पोटासियम, सोडियम, फलामलगायतका पोषकतत्व पाइन्छ । यसको अहिलेको बजार मूल्य प्रतिकिलो रु ६०० रहेको छ ।

एउटा वयस्क बोटले वार्षिक ५० किलोसम्म फल दिने अष्ट्रेलियमा यसको माग उच्च रहेको छ । नेपालको तीन सयदेखि एक हजार ८०० मिटरसम्मको उचाइको सिँचाइ एवम् २५ देखि ३२ डिग्री तापक्रम उपयुक्त हुनेहुँदा नटका लागि मध्यपहाडी क्षेत्र उर्वरा भूमिका रुपमा मानिन्छ । अर्थडबलीवाट

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏