कृषि र पशुपालनमा लगानी गर्दै उद्यमी महिला सहकारी

कृषि पोष्ट संवाददाता

काठमाडौं, ११ कात्तिक ।

तीन वर्षअघि भिमाद नगरपालिका– ९ पार्थदीकी श्रीमाया आलेलाई घरमा पालेको बाख्राको आम्दानीले घर धान्न मुस्किल थियो ।

दुई बर्षसम्म पालेको खसी बेच्दा १२ हजार रुपैयाँ पार्न धौँ धौँ हुन्थ्यो । मेहेनत अनुसारको मुल्य नपर्दा उहाँलाई बाख्रापालनप्रति निरासा छाँउदै गयो । त्यसपछि उहाँले चाडपर्वमा परिवारको लागि उपयोग गर्न ५÷७ वटा मात्रै बाख्रा पाल्न थाल्नुभयो । तर तीन बर्षको अवधिमा पार्थदीमा प्रायः सबै घरमा व्यवसायिकरुपमा बाख्रा पालन गरिएको छ । श्रीमायाको गोठमा हिजोआज ४० वटासम्म बाख्रा हुन्छन् ।

बार्षिक ३ लाखसम्म आम्दानी हुन उहाँले बताउनुभयो । २०७१ सालमा ब्यास गरिबी न्युनीकरणका लागी पशुपालन परियोजना मार्फत हेफर इन्टरनेशनल नेपाल र नेपाल एकिकृत तालिम केन्द्रले दिएको तालिमपशचात बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकेको उहाँको भनाई छ । ‘पहिले निर्वाहामुखी रुपमा बाख्रा पाल्थ्यौ, अहिले उन्नत जातका बाख्रा पाल्न थालेपछि आम्दानीको स्रोत बढेको छ, उहाँले भन्नुभयो ।’

श्रीमायाले जस्तै अहिले पार्थदी गाउँका ३० घरधुरीमा ५ देखि ४० वटा सम्म बोयर जातका बाख्रा पालन गरिएको छ । उनिहरु सबैले बाख्राको खोरलाई सुधार गरि आधुनिकिरण गरेका छन् । बाख्रा र अन्य चौपायलाई खुवाउन उन्नत जातका घाँस मलाटो, भटमासे, नेपियर, मेन्डोला, बदामे,स्टाइलो, इपिलिपी, जयने कोसे र अकोसे लगाएका छन् । यहाँ जिल्ला पशु सेवा कार्यलयले पशुपालन स्रोत केन्द्र पनि बनाएकोे छ ।

पार्थदीलाई बोयर जातको ब्याड बोकाको स्रोत केन्द्रको रुपमा चिनिने मिलीजुली स्रोत केन्द्रका अध्यक्ष खेम बहादुर थापाको भनाई छ । थापाका अनुसार बोयर जातको ब्याड बोका खरिदका लागी तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङजा, गोरखा, पाल्पा र धदिङबाट आउने गरेका छन् । दैनिक जिवन गुजारा चलाउनकै लागी ३५ बर्षसम्म विदेशिएका तारा बहादुर थापा अहिले गाउँ फर्किनुभएको छ । उन्नत जातका बाख्रा पालनले छोटो समयमा परिवर्तन भएको स्थानीयको अवस्थाले उहाँलाईलाई दंग बनाएको छ ।

‘कृषि र पशुपालनको क्षेत्रमा भिजनका साथ लगनशील भएर लाग्ने हो भने धेरै सम्भावाना छ । हामी सभ्वानाको खोजी गर्न नसकेर विदेशिएका छौँ, थापाले भन्नुभयो ।

बाख्रापालक कृषक मिलेर गाउँमै अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्था सञ्चालनमा ल्याएका छन् । सहकारीमा २ सय १० जना शेयर सदस्य र ४० लाख बढी सेयर पुजीँ संकलन भएको छ । सहकारीले कृषि र पशुपालनका क्षेत्रमा लगानी गर्दछ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏