हरियो तरकारी, फलफूल र माछाको मूल्य कति होला ? हेर्नुस्

कृषि पो्ट संवाददाता

काठमाडौँ ।

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज सोमबारको मूल्यविवरण प्रकाशित गरेको छ ।

जसअनुसार आज रातो आलुको औसम मूल्य ६२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु प्रतिकेजी ४६ रुपैयाँ ५० पैसा, मुडेको आलु ४७ रुपैयाँ ५० पैसा, सेतो आलु ६२ रुपैयाँ ५० पैसा, स्थानीय काउली प्रतिकेजी ११० रुपैयाँ, किवि प्रतिकेजी २२५ रुपैयाँ, कुरीलो ८५० रुपैयाँ र अकबरे खुर्सानी ११० रुपैयाँ रहेको छ ।

लोकल गाजर प्रतिकेजी १४५ रुपैयाँ, गान्टे मूला ८५ रुपैयाँ, गुन्द्रुक २२५ रुपैयाँ, नेपाली ठूलो र टनेल गोलभेडा ८५ रुपैयाँ, भारतीय सानो गोलभेडा ६५ रुपैयाँ, लोकल सानो गोलभेडा ६५ रुपैयाँ, राजमा १९० रुपैयाँ र घिउ सिमी लोकललाई ११५ रुपैयाँ रहेको छ ।

त्यस्तै, घिरौला र चमसूरको साग प्रतिकेजी ९५ रुपैयाँ, चिचिण्डो प्रतिकेजी ४५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३१० रुपैयाँ, भारतीय ठूलो गोलभेडा प्रतिकेजी ८५ रुपैयाँ, छडी, मुंगरी र बचुवा माछा २३५ रुपैयाँ र रहु माछा २८५ रुपैयाँ रहेको छ भने तामा प्रतिकेजी ८५ रुपैयाँ, तितो करेला ८५ रुपैयाँ, तोफु ८५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, पालूगो साग १९० रुपैयाँ, ब्रोकाउली प्रतिकेजी १६० रुपैयाँ र रायो साग प्रतिकेजी ८५ रुपैयाँ रहेको छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏