के तपाई आलु रोप्दैँ हुनुहुन्छ ? कुन जातको बीउ छनोट गर्दा राम्रो !

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

बि.सं. २०२८ सालमा राष्ट्रिय आलुबाली विकास कार्यक्रम ललितपुरको खुमलटारमा स्थापना भए पश्चात् राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्पर्क र समन्वय स्थापना गरी आलुबाली विकास कार्यक्रमलाई थप गति दिन थाल्यो । सन् १९७७ मा अन्तर्राष्ट्रिय आलुबाली केन्द्र, निमा, पेरूसँग सम्झौता गरी आलुबानीको विविध पक्षमा प्राविधिक सहयोग प्राप्त गर्न थाल्यो ।

भारतबाट पनि आलुमा सहयोग प्राप्त गर्यो भने सन् १८७८ देखि करिब दुई दशकसम्म स्वीस सरकारबाट सहायता प्राप्त गयो । यहि अवधिमा राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम, खुमलटार, ललितपुरले संसारका विभिन्न देश तथा संघ संस्थाहरु मुख्यतया अन्तर्राष्ट्रिय आलुबाली केन्द्र निमा, पेरूबाट नयाँ आलुका जातहरु ल्याई विभिन्न हावापानीमा परीक्षण तथा प्रसार गर्ने कार्य गर्यो ।

नेपालको मुख्यतः पहाडी क्षेत्रमा बर्षे र तराई तथा भित्री मधेशमा हिउँदे आलुखेति गरिने भएकोले समय र ठाउँ अनुसार आलुका जातहरूको माग र आवश्यकतामा केहि फरक देखिन्छ। तर सिफारिस तथा उन्मोचित जातहरूको संख्या न्यून हुनुको साथै हालका वर्षहरूमा जातिय गुणहरूमा पनि क्रमशः हास हुँदै गएको छ । कृषकहरूको चाहना अनुसारको जातहरू उपलब्ध हुन नसक्दा र विभिन्न रोग तथा कीराहरूको आक्रमणले आशातित उत्पादन लिन सकिएको छैन ।

तथापि डढुवा रोग नलाग्ने, बढि उत्पादन दिने तथा हाम्रो देशको हावापानी सुहाउँदा जातहरुको विकासका लागि आलुबाली अनुसन्धान कार्यक्रम खुमलटारमा गत केहि वर्षबाट आफ्नै जातहरूको विकासका कामहरु थालिएको छ, जसअनुसार PRP series का केहि जातहरू विकास भइराखेका छन् र निकट भविष्यमा कृषकको खेतबारीमा पुग्ने विश्वास लिईएको छ ।

नेपालको उच्चपहाड, मध्यपहाड तथा तराईका भू-भागहरूमा कृषकहरूले स्थानीय तथा उन्नत जात गरी दर्जनौ विभिन्न नामका आलूहरू बर्षीबाट खेति गर्दै आएका छन् । जातिय उत्थान तथा प्रसारका माध्यमद्वारा कृषकको खेतबारीमा पुगेका उन्नत जातहरू पनि दुई, चार बर्ष पश्चात् । कृषकहरूले आफ्नै खालको स्थानीय नाम दिने र त्यहि नामले चिनिने कारणले गर्दा पनि कुन उन्नत जातले कति क्षेत्रफल ढाकेको छ सो को पनि यथार्थ आँकडा पनि लेखाजोखा गर्न अप्ठ्यारो पर्न जाने गर्दछ ।

तथापि अनुसन्धानको अथक प्रयासबाट व्यावसायिक रूपमा खेति गर्नका लागि हालसम्म ११ वटा आलुका जातहरू उन्मोचन गरिएको छ भने टि. पि. एस. का २ जात टिपिएस १ (HPS 7/67) र टिपिएस २ (HPS II/67) पजीकृत गरिएको छ । एउटा जात उन्मोचनको प्रक्रियामा छ भने अन्य केहि जातहरू सिफारिस हुने एवं सूचिकृत हुने प्रक्रियामा छन् । हालसम्म उन्मोचन एवं सिफारिस गरिएका जातहरूका साथै कैयाँ अरू उत्पादनशील उन्नत र स्थानीय जातहरूका बारेमा जानकारी छोटकरीमा तल दिइएको छ ।

आलुका उन्मोचित जातहरु
आलुबाली अनुसन्धान कार्यक्रमको बिशेष गरी जातिय अनुसन्धान एकाइको निरन्तर प्रयासबाट हालसम्म ११ वटा जातहरू न्यावसायिक खेतिको लागि उन्मोचन भइसकेका छन् । यी जातहरूको बिवरण छोटकरीमा यस प्रकार छ ।

क) कुफ्रिज्योति
सन १९६८ मा भारतमा विकास भएको यो जात सन् १९७० तिर नेपालमा प्रवेश गराई परीक्षण एवं मूल्याङ्कन गरियो । नेपालको विभिन्न हावापानीमा गरिएको परीक्षणमा विशेषतः उच्चपहाड र मध्यपहाडमा यस जातको उत्कृष्टता रह्यो । तसर्थ वि.सं २०५० सालमा जातिय उन्मोचन समितिले उन्मोचन गयो । यो जातमा बोट केहि अग्लो, गाँजिएको, डाँठ मोटो र थोर संख्यामा हुने, पात ठूलो, चिप्लो र चमकदार सतह हुने, सेतो फूल फुल्ने, अण्डाकार आलुका दाना लाग्ने र दानाको रंग सेतो र चिप्लो हने विशेषताहरू पाइन्छ । यो जात उच्चपहाडमा ११०-१२० दिनमा र मध्यपहाडमा १००-११० दिनमा तयार हुन्छ । ढाँठको संख्या सरदर ५ प्रति बोट, दानाको संख्या सरदर ७ प्रतिबोट र दानामा सुषुप्तावस्था सामान्यतया १० देखि १२ हप्ता (मध्यम देखि लामो) भएको यो जातको उत्पादन क्षमता २०-२५ टन प्रति हेक्टर छ । यो जातमा. ऐजेरू नलाग्ने बिशेषता छ भने मध्य तथा उच्चपहाडी क्षेत्रका लागि सिफारिस गरिए तापनि तराईमा पनि सफलतापूर्वक खेति गर्न सकिने विशेष गणका साथै मनसुन बाली र शरदबालीका रूपमा पनि उत्पादन लिन सकिन्छ ।

ख) कुफ्री सिन्दुरी
नेपालको तराई तथा भित्रि मधेशका लागि सिफारिस गरिएको यो जात पूर्वि तराईमा निकै लोकप्रिय छ । सुक्खा तथा खडेरी, पात दोब्रिने भाइरस र अगौटे डढुवा केहि सहन सक्नुका साथै बढि उत्पादन दिने देखिएकोले बि.स २०५० सालमा नै आलुबाली अनुसन्धानको सिफारिसमा जातिय उन्मोचन समितिले उन्मोचन गरेको यो जात पनि नेपालमा सन् १९७८ मा नै भारतबाट भित्रिएको हो । यो जातमा बोट अग्लो हुने, मझौला खालका डाँठ, पातको सतह खुम्चिएको, सानो, हल्का रातो फल्ने, आलुका दाना गोलो, रातो र आँखाको गहिराई बढि भएको, आलका दाना बढि मझौला किसिमको फल्ने, लामो (३ महिना भन्दा बढि) सुषुप्तावस्था भएको, ऐजेरू नलाग्ने, आदि। विशेषताहरू पाइन्छ । सरदर ५ प्रति बोट डाँठको संख्या र दानाको संख्या सरदर १० प्रति बोट रहने यस जातको उत्पादन २०-३० टन प्रति हेक्टर छ भने ११० देखि १२० दिनमा बाली तयार हुन्छ ।

ग) डेजिरे
तराई, उपत्यका तथा मध्यपहाडी भेगका लागि सिफारिस गरिएको यो जात उच्चपहाडी क्षेत्रमा समेत सफलताका साथ खेति गर्न सकिन्छ । यो जात नेदरल्याण्डबाट सन् १९८० तिर नेपाल भित्रीएको हो । विभिन्न अनुसन्धान केन्द्रहरूमा यस जातले देखाएको उत्पादन, खाने स्वाद। र छिट्टै बाली तयार हुने विशेषताहरूले गर्दा यो जात २०५० सालमा उन्मोचित भयो । होचो फैलिने बोट, डाँठ मोटो, पात साना देखि मझौला, गुलाबी रंगको फूल, धेरै फूल्ने, अण्डाकार लाम्चो दाना, चिप्लो रातो र आँखा कम गहिराईमा भएका, ७०-१० दिनमै तयार हुने, छोटो (छ हप्ता भन्दा कम) सुषुप्तावस्था हुने, डढुवा रोग सहन नसक्ने, ऐजेरू अवरोधक जस्ता बिशेषताहरू यो जातमा। रहेका छन् । सरदर ४ प्रति बोट डाँठको संख्या र दानाको संख्या सरदर ७ प्रति बोट रहने यो जातको उत्पादन क्षमता १५-२० टन प्रति हेक्टर रहेको छ । मध्यपहाडी भेग, तराइ र भित्री मधेशमा। सफलतापूर्वक छोटो समयमा उत्पादन लिने सकिने भएकोले र किसानले बालीचक्रमा समेत राखी। वर्षमा दुई बाली लिन सक्ने भएकोले पनि यो जातको लोकप्रियता बढि रहेको छ । काभ्रेपलान्चोक जिल्लाको पनौति. नाला तथा पाँचखालका किसानहरूले यस जातलाई झवाप्री नामले चिन्दछन् ।

घ) जनकदेव
यो जात नेपालमा सन् १८१० मा अन्तर्राष्ट्रिय आलुबाली केन्द्र लिमा पेरूबाट झिकाइएको हो । उन्मोचित एवं सिफारिस उन्नत तथा स्थानीय जातहरूसँग तुलना गरेर विभिन्न नुसन्धान केन्द्रहरूमा यो जातको अध्ययन गर्दा उत्पादन क्षमता राम्रो भएकोले र कृषकहरूबाट मन पराईएकोले वि.सं २०५६ सालमा आलुबालीमा लामो समयसम्म काम गर्नुहुने स्वः जनकदेव शाक्यको सम्मानमा उहाँको नामबाट उक्त जातको उन्मोचन गरिएको हो । अग्लो प्रकृतिको बोट, थोरै डाँठ, हरियो खम्रो सतह भएको पात, लामो दिनमा (बर्षे बाली) धेरै फुल्ने, छोटो दिनमा (हिउँदमा) कम फुल्ने, मध्यम देखि ठूलो लाम्चो आकारको रातो दाना फल्ने, ११० देखि १२० दिनमा तयार हुने. मध्यम (८ हप्ता) सुषुप्तावस्था भएको, ऐजेरू अवरोधक डढुवा रोग अवरोधक सहन सक्ने, आदि विशेषताहरू यो जातमा रहेका छन् । सरदर ४ प्रति बोट डाँठको संख्या र दानाको संख्या सरदर र प्रति बोट रहेको यस जातको उत्पादन सरदर २५-३० टन प्रति हेक्टर रहेको छ । मध्य तथा उच्चपहाडी क्षेत्रमा राम्रो भण्डारण क्षमता भएको, असिना सहन सक्ने, सुक्खा तथा। खडेरी पनि सहन सक्ने भएकोले हालका दिनमा यो जात विस्तार हुँदै गएको देखिन्छ । मध्य तथा उच्चपहाडी भेगको साथै तराईमा समेत यो जातको सफलतापूर्वक खेति गर्न सकिन्छ ।

ङ) खुमल सेतो -१
विभिन्न परीक्षणमा खासगरी पहाडी क्षेत्रमा यसको राम्रो उत्पादन एवं अन्य विशेषता। देखिएकोले बि.सं. २०५६ मा राष्ट्रिय बीउ बिजन समितिले उन्मोचन गरेको यो जात सन् १९८२/८३ मा नेपालमा भित्रिएको हो । यसलाई एकीराना इन्टा वा सि. आई. पि.- रर को नामले पनि चिनिन्छ । मध्यम खालको फैलिने स्वभावको बोट, हल्का हरिया रङ्गको खुल्ला पात, सेतो रंगको फूल फुल्ने, सेतो दाना र गोलो आकारको, १००-१२० दिनमा तयार हुने, ऐजेरू रोग अवरोधक, डबा सहन सक्ने, पात दोब्रिने भाइरस अवरोधक जस्ता गुणहरू यस जातमा पाइन्छन् । सरदर ५ प्रति बोट डाँठको संख्या र दानाको संख्या सरदर १० प्रति बोट रहेको यस जातको उत्पादन सरदर २५ टन प्रति हेक्टर रहेको छ । तराई तथा भित्री मधेश देखि उच्चपहाडका लागि सिफारिस। भएको यो जात मध्य तथा उच्चपहाड, सुक्खा पहाडमा पनि खेति गर्न सकिन्छ ।

च) खुमल रातो-२
सन् १ौर मा अन्तर्राष्ट्रिय आलुबाली केन्द्र लिमा, पेरुबाट नेपालमा भित्राईएको यो। जात तराई क्षेत्रका लागि वि.सं २०५६ सालमा उन्मोचन भएको हो । ठाडो बोट हुने, मध्यम खालको डाठको मोटाई, हरियो रङको खम्रो सतह भएको पात, रातो दाना, १०० देखि १२० दिनमा तयार हुने, सरदर ४ प्रति बोट डाँठको संख्या र दानाको संख्या सरदर ११ प्रति बोट रहेका यो जातमा । २०-२५ टन हे. उत्पादन क्षमता भएको, ऐजेरु अवरोधक, डढुवा रोग अवरोधक र सुषुप्तावस्था मध्यम (६-८ हप्ता) हुने आदि विशेषताहरू छन् । तराई क्षेत्रमा कुफ्रि सिन्दुरी भन्दा बढि उत्पादन दिने र आकर्षक दानाको रंग नै यो जातको मुख्य बिशेषता मानिन्छ ।

छ) खुमल लक्ष्मी
यो जात सिप ३८८५७२.१ को रूपमा अन्तर्राष्ट्रिय आलु विकास केन्द्रबाट सन् १९८२ तिर नेपालमा भित्रिएको थियो । बिभिन्न अनुसन्धान केन्द्रहरूबाट यो जातले देखाएको नतिजा अनुसार खुमल लक्ष्मीको नामले सन् २००८ मा उन्मोचित भयो । यो जातको बोट अग्लो कम फिजीने पातहरू गाढा हरियो सतह खम्रो केहि लाम्चो पात भएको हुन्छ । फूल बैजनी रंगको, दानाहरू रातो. समथल सतह र सेतो गुदि भएको हुन्छ । यो जातको दानाको सुषुप्त अवधि देखि ८ हप्ताको हुन्छ र यो जात ऐजरू अवरोधक छ भने डढुवा रोग पनि सहन सक्ने छ । यो जातको आलु तराई देखि उच्चपहाडी क्षेत्रसम्म खेति गर्न सकिन्छ । डाँठको संख्या सरदर ३-५ प्रति बोट र दानाको संख्या सरदर १० प्रति बोट रहेको यस जातको सरदर उत्पादकत्व २० देखि २५ टन प्रति हेक्टर छ ।

ज) आई. पी. वाई.८
नेपालको तराई र भित्रि मधेशको लागि सिफारिस गरिएको यो जात पनि सन् १९९० मा सिप न. ३८८५७२४ को रूपमा नेपालमा भित्रिएको हो । तराईका विभिन्न अनुसन्धान केन्द्रहरू र कृषकको खेतबारीमा यो जातले देखाएको नतिजा अनुसार सन् २००८ मा यो जातलाई उन्मोचित गरियो । यसको पत्रिक पहिचान BWH-87.316 x BK (LB) हो र बोटको आकार मध्यम, खुल्ला झांगिने खालको हुन्छ । यसको फल मध्यम बैजनी छोटो दिनमा थोर फल्ने हुन्छ । दाना मध्यम आकारको आँखाको गहिराई मध्यम भएको, सेतो बोक्रा र समथल सतह भएको हुन्छ । यो जातको आलू १०० देखि १२० दिनमा तयार हुन्छ । यो जातले केहि हदसम्म डहुवा सहन सक्दछ र यसको डाँठको संख्या सरदर ३-४ प्रति बोट र दानाको संख्या सरदर १०-१२ प्रति बोट रहेको यस जातको सरदर उत्पादकत्व २५ देखि ३० टन प्रति हेक्टर छ ।

झ) खुमल उज्वल
अन्तर्राष्ट्रिय आलु विकास केन्द्रबाट नेपालमा भित्रिएको यो जात पहाडी क्षेत्रका लागि । सिफारिस गरिएको र बि .सं. २०७० मा उन्मोचन भएको जात हो । आलुको दाना मध्यम आकारको अण्डाकार, बोक्रा चिप्लो सेतो. डहवा रोग सहन सक्ने, भाईरस एक्स र वाइ नलाग्ने, १०० देखि १२० दिनमा तयार हुन्छ । यसको डाँठको संख्या सरदर ४-५ प्रति बोट र दानाको संख्या सरदर १०-१२ प्रति बोट रहेको यस जातको सरदर उत्पादकत्व २५ टन प्रति हेक्टर छ ।। आलु चिप्स बनाउन पनि यो जात उपयुत्त पाईएको छ ।

ञ) खुमल उपहार
अन्तर्राष्ट्रिय आलु विकास केन्द्रबाट नेपालमा भित्रिएको यो जात तराइ देखि उच्चपहाडसम्म खेति गर्न सिफारिस गरिएको र बि.सं. २०७० मा उन्मोचन भएको जात हो । आलुको दाना अण्डाकार सानो ठूलो दुबै किसिमको, बोक्रा हल्का रातो र सेतो मिश्रित, आखा बैजनी रंगको, डढुवा। रोग सहन सक्ने, सुक्खा र खडेरी केहि सहन सक्ने, पकाउदा नगल्ने, मिठो स्वाद भएको, १०० देखि १२० दिनमा तयार हुने, यसको डाँठको संख्या सरदर ४ प्रति बोट र दानाको संख्या सरदर। ८-१० प्रति बोट रहेको यस जातको सरदर उत्पादकत्व २५ टन प्रति हेक्टर छ । आलु चिप्स बनाउन पनि यो जात उपयुक्त पाईएको छ ।

ट) खुमल विकास
राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमबाट विकास गरिएका यो जात आलुबाली। अनुसन्धान कार्यक्रम खुमलटारमै पि.आर.पि. Series का केहि जातहरू मध्येबाट विकास गरिएको यो जात रातो बोक्रा भएको, डढुवा अवरोधक, औषत उत्पादकत्व २४ टन है. रहेको प्रजनन गरिएको जात हो । चिप्सका लागि राम्रो मानिएको यो जात यहि बि.स. २०७५ सालमा उन्मोचन । गरिएको हो । १०० देखि १२० दिनमा तयार हुने यो जातको डाँठको संख्या ४ प्रतिबोट र दानाको संख्या सरदर र प्रतिबोट रहेको छ ।

स्रोत : राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏